पाँचथरको हेवाँखोलामा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

पाँचथरको हेवाँखोलामा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु

१२ जेठ । पाँचथरको हेवाँखोलामा शुक्रवार साँझ गाडी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ ।

त्रिशक्ती कन्ट्रक्सनका कर्मचारी बोक्ने बा १७ प ७९९९ नम्वरको फा‘च्र्युनर टोयोटा कम्पनी को गाडी शुक्रवार साँझ पौने ६ बजे दुर्घटना परेको हो ।

दुर्घटनामा परी गाडीका चालक नेपालगञ्ज घर भएका करिब ३५ वर्षीय श्याम विश्वकर्माको घटनास्थलमै मृत्यू भएको बताइएको छ । दुर्घटनामा इलाम घर भएका ३१ वर्षीय लक्ष्मण मुखिया घाइते भएका छन । उनलाई पाँचथर अस्पतालमा प्राथमिक उपचार पश्चात झापा तर्फ पठाइएको छ ।

गाडी सडकदेखि २५ मिटर तल खसेर उत्तानो परेको छ । अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुँवरले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर