इलाम । यातायात व्यवस्था सेवा कार्यालय इलामले लक्ष भन्दा बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ राजस्व सङ्कलन बृद्घि गरेको हो ।
आर्थिक वर्ष २०८०/८१ एघार करोड ३२ लाख ६१ हजार छ सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरेकोमा गत आर्थिक वर्ष २०८१/८२ त्यसलाई बृद्घि गरेर १३ करोड ८२ लाख ३ हजार पाँच सय १७ रुयैया संकलन गरेको छ । कार्यालयको लक्ष १३ करोड रहेको भएपनि त्यो भन्दा बढि राजस्व संकलन भएको कार्यालयले जनाएको छ । सवारी साधन बार्षिक कर तर्फ ९ करोड ९६ लाख तिन हजार चार सय ४२ रुपैया संकलन गरेको छ । यस्तै सवारी दर्तारनामसारीरनबीकरण मा ७२ लाख तिनहजार पाँच सय ५५ संकलन भएको छ व्यवसाय रजिस्टेशन दर्ता दस्तुरबाट १ लाख २८ हजार दुई सय रुपैयाँ सङ्कलन भएको कार्यालयका प्रमुख खग्रेन्द्र प्रसाद मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार २०८०/८१ मा आयकर ३३ लाख ८६ हजार तिनसय पाँच रुपैया संकलन भएकोमा गत आर्थिक बर्षमा बढेर ३७ लाख ८५ हजार पाँच सय ९० पुगेको बताए । मैनालीले भने, “राजस्वलाई हेर्न हो भने अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा २२ दशमलभ ३४ प्रतिशतमा बृद्वि भएको देखिन्छ । यस्तै आयकर मा समेत ११ दशमलभ ७६ प्रतिशतमा बृद्वि भएको छ । हामीले हामो राजस्व संकलनको लक्ष राखेर सेवाग्राही मैत्री कार्यसम्पादन गरेकाले हामीले लक्ष पुरा गर्न सफल भएका हौ । ”
चालक अनुमतिपत्रमा राजस्व सङ्कलनमा कमी
यता चालक अनुमतिपत्र तर्फ भने राजस्व सङ्कलनमा कमी भएको तथ्याङ्क देखिएको छ । आर्थिक वर्ष २०८०र८१ मा एक करोड ९५ लाख ८५ हजार पन्द्र रुपैया संकलन भएकोमा गत आर्थिक बर्ष ०८१ र८२ मा घटेर १ करोड ४३ लाख १७ हजार तिस रुपैयामा झरेको कार्यालय प्रमुख मैनालीले जानकारी दिए । मैनालीमा अनुसार चालक अनुमतिपत्रमा राजस्व कमीहुनुमा पाँचथर,तेहथुम र ताप्लेजुङ्गका नागरीक तमोर करिडोर संचालनमा आएपछि इटहरी,बिराटनगर र झापा छोटो दुरीमै पुग्ने भएकाले उतै जाने गरेको बताउनुहुन्छ । यसै इलामका पनि प क्षेत्रका अधिकाशं नागरीक अन्य कामका लागि समेत झापा नै झर्नेहुदा उतै बाट चालक अनुमतिपत्र निकाल्ने भएकाले त्यमा भने राजश्व संकलनमा कमी आएको कार्यालयले जनाएको छ ।
पशुपतिनगरबाट १ करोड बढी राजस्व सङ्कलन
पशुपतिनगरमा रहेको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट १ करोड छ लाख १७ हजार तिस रुपैया राजस्व सङ्कलन भएको छ । इलाम सदरमुकाम स्थित कार्यालय र पशुपतिनगर बाट गरेर रुट पर्मिट र पटकेतर्फको राजस्व १ करोड तिस लाख ७२ हजार दुईसय तीस रुपैयाँ संकलन भएको कार्यालयले जनाएको छ । कोशी प्रदेश मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा पाँचसय १० रुपियाँ र मोटरसाईकलको दुई सय १० रुपियाँ राजस्व लिने ब्यवस्था गरेको थियो ।
पशुपतिनगरमा सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्र स्थापमा संगै भारतीय नम्बर प्लेटका सावारी साधनको आवागमनमा सहज भएको छ भने नेपालकै पनि रुट पर्मीट भएका सवारीले अन्यत्र जादा पटके काट्न उक्त केन्द्र स्थापनाले सहजता थपेको हो । भन्सार कार्यालयबाट इजाजत लिएका सवारीले केन्द्रमा राजश्व बुझाउने ब्यवस्था गरीएको छ । इलामको पशुपतिनगरमा सवारी पटके तथा राजस्व असुली केन्द्र नहुँदा भारतीय सवारीलाई नेपाल प्रवेशमा समस्या हुँदै आएको थियो ।