मन्त्री चौधरीद्वरा कञ्चनपुरको बाल संगठन अनुगमन

१३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कैलाली र कञ्चनपुरको बाल संगठनको अनुगमन गरेकी छन् । जिल्ला भ्रमणका क्रममा मन्त्री चौधरीले बाल संगठनको अनुगमन गरी त्यहाँको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । त्यस क्रममा नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा बाल संरक्षण गृह (बालग्राम) स्थापना गर्ने बताएको थियो । मन्त्री चौधरीलाई नेपाल बाल संगठन सुदूरपश्चिम प्रदेश समितिका सभापति चुनामणि भट्टले ज्ञापन पत्र बुझाउँदै तत्काल धनगढीमा..

बंगालको खाडीमा चक्रवात

१३ जेठ । बंगालको खाडीमा न्यूनचापीय प्रणालीसँगै शक्तिशाली चक्रवात विकसित भएको छ । प्रि–मनसुन सिजनमा बंगालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो । ‘रेमल’ नाम दिइएको चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने छ । यसबाट भारत र बंगलादेशका केही जिल्ला प्रभावित हुनेछन् । मौसमविदहरुका अनुसार यो चक्रवात उत्तर–पूर्व–उत्तर हुँदै बहने छ । यसको असर नेपालमा सामान्य मात्र पर्ने छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका..

युनाइटेडले जित्यो एफए कपको उपाधि

१३ जेठ । गत वर्षको बदला लिँदै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको छ। वेम्बली स्टेडियममा शनिबार सम्पन्न फाइनलमा म्यानचेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि जितेको हो। प्रिमियर लिग च्याम्पियन सिटीले गत वर्ष फाइनलमा युनाइटेडलाई २–१ गोल अन्तरले नै पराजित गर्दै उपाधि जितेको थियो। अलेजान्ड्रो गार्नाचो र कोबी माइनूले गोल गर्दै एरिक टेन हागको टोलीलाई पहिलो हाफमै २–० गोल अन्तरको अग्रता दिलाएका थिए। खेलको ३०औँ मिनेटमा सिटीका..

टिमुर खेतीलाई व्यवसायीकरण गर्न सरोकारवालाको माग

१३ जेठ । टिमुरको व्यवसायिक खेती गरी आर्थिक लाभ लिन सकिने भन्दै सरोकारवालाले यसमा लगानी गर्न सरकारसँग माग गरेका छन् । दाङको लमहीमा भएको पहिलो टिमुर सम्मेलनमा सहभागीहरुले लुम्बिनी प्रदेशका ६ वटा पहाडी जिल्लामा टिमुर उत्पादन हुने गरेको भए पनि यसको व्यवसायीकरण हुन नसकेको औंल्याए । लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा भएको टिमुर सम्मेलनमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले टिमुरलाई व्यवसायीकरण गरेर..

पीएसजीले जित्यो फ्रेन्च कप

१३ जेठ । फ्रेन्च कप (कोपा डे फ्रान्स)को उपाधि पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले जितेको छ। लिलको स्टेड पियरे माउरोयमा शनिबार सम्पन्न फाइनल खेलमा लियोनलाई २–१ गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो। पीएसजीका लागि पहिलो हाफमा फ्रान्सका विंगर उस्माने डेम्बेले र स्पेनका मिडफिल्डर फाबियन रुइजले गोल गरे। दोस्रो हाफमा लियोनका डिफेन्डर जेक ओुब्रायनले सान्त्वना गोल गरे। खेलको २२औँ मिनेटमा नुनो मेन्डेसको क्रसमा डेम्बेलेले गोल गर्दै अग्रता दिलाएका थिए। ३४औँ मिनेटमा..

दोस्रो अभ्यास खेलमा पनि नेपालको जित

१३ जेठ । नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरीकेन्सलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल २७ रनले विजयी भएको हो। योसँगै नेपालले शतप्रतिशत जित हासिल गरेको छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो। नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरीकेन्स १८.३ ओभरमा ९६ रनमा अलआउट भयो। ह्युस्टन हरीकेन्सका जिआ शाहजादले सर्वाधिक ३५ रन बनाए। २९ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार..

गोलरक्षक नाभासले गरे सन्न्यासको घोषणा

१३ जेठ । कोस्टारिकाका अनुभवी गोलरक्षक केलोर नाभासले सन्न्यास लिने घोषणा गरेका छन्। राष्ट्रिय टोलीबाट १६ वर्षमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेका ३७ वर्षीय नाभासले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गरेका हुन्। ‘हामीले बनाएका सबै सम्झनाहरूका लागि म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हामीले सँगै इतिहास रचेका छौँ। विश्वका उत्कृष्ट खेलाडीको सामना गर्दै कोस्टारिकाको नाम उच्चस्तरमा पुर्‍याएका छौँ,’ नाभासले भने। कोस्टारिकाको इतिहासकै उत्कृष्ट गोलरक्षक मानिएका नाभासले सन् २०१४..

प्रधानमन्त्री प्रचण्ड देउवा निवासमा

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् । संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ । कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका..

सर्तका आधारमा युद्ध रोक्न सहमत पुटिन

१२ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबिचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरू अब उसको हिस्सा नै रहन्छन् । पुटिन युद्ध रोक्न तयार छन् भन्ने रिपोर्टहरू धेरै महिनादेखि चलिरहेको छ, तर यो रिपोर्ट..

धुलिखेल–खावा सडक खण्ड आज र भोलि बन्द

१२ जेठ, धुलिखेल (काभ्रेपलाञ्चोक) । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि बन्द भएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र आइतबार दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो । सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै..