विशेष

नेपालको १६८ भन्दा बढी देशसँग वैदेशिक व्यापार
१० जेठ । चालु आर्थिक वर्ष २०८०र८१ को १० महिनामा नेपालले १६८ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार भएका देशमध्ये १३३ सँग नेपालको व्यापार घाटामा रहेको छ । मात्र ३५ देशसँग नेपालको व्यापार नाफामा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांकले वैदेशिक व्यापार भएका देशमध्ये ७९ दशमलव १६ प्रतिशतसँग व्यापार घाटामा रहेको देखाएको छ । बाँकी २० दशमलव ८४ प्रतिशत देशसँगको व्यापार मात्र नाफामा..

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता
१० जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिट दर्ता भएको छ । बुधबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अधिवक्ता अनुपम भट्टराईको वारेसमा अतुल विष्टले दायर गरेको रिट दर्ता गर्न आदेश दिएको हो । रिटमा लामिछानेलाई निलम्बन गरेर सहकारी ठगीको मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ । यसअघि सर्वोच्च अदालत प्रशासनले उक्त रिट दरपीठ गरिदिएको थियो । रिटमा र गृहमन्त्री लामिछानेलाई विपक्षी बनाइएको छ । महान्यायाधीवक्ता पोखरेलले..

विद्यार्थी लिएर रारा गएको जिप मुगुमा दुर्घटना
१० जेठ । बाजुराबाट विद्यार्थी बोकेर रारा तालतर्फ गइरहेको जीप मुगुमा दुर्घटनामा परेको छ । मुगुको खत्याड गाउँपालिका–२ को शेरीजाम भन्ने ठाउँमा ग १ ज ८२४९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए । उनकाअनुसार जीपमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि रातापानी प्राथमिक स्वास्थ चौकी लगिएको छ । घाइतेहरु खतरामुक्त रहेको उनले बताए ।..

सन्दीपलाई विश्वकप खेल्न पठाउन खेलकुद मन्त्रलायले पहल गर्ने
१० जेठ । लेग स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेल्न पठाउन युवा ताथ खेलकुद मन्त्रलायले पहल गर्ने भएको छ।

ओलीले भने- सिरोहिया पक्राउ पर्दा सञ्चारको हक खोसिँदैन
१० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् । उनी कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ परेका ओलीले बताए । ‘किन यो समाचार प्रकाशित गर्यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला होला । यस सम्बन्धमा सरकारले..

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत
१० जेठ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन्। लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् । विधानतः ४६ सदस्यीय हुने कार्यसम्पादन समिति देउवाले २०७८ को माघमा ३७ सदस्यीय बनाएका थिए ।

केपी शर्मा ओलीले गरे एशियन हाइवेको शिलान्यास
१० जेठ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब विदेशका ठुला र चिल्ला सडक अनि टाढा टाढा गएर ‘सेल्फी’ खिचेर पोस्ट गर्ने दिनको अन्त्य भएको बताएका छन् ।आज झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गीमा एशियन हाइवेमा पर्ने पूर्व पश्चिम राजमार्गको काँकरभिट्टा—लौकही सडकखण्डको स्तरोन्नति कार्यक्रमको शिलान्यास समारोहमा बोल्दैं पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले हामीले विदेशमा देखेका ठुला चिल्ला सडक अब नेपालमै देख्न पाइने तर, त्यसका लागि केही समय धैर्य गर्नुपर्ने..

युरोपेली राष्ट्रले दिए प्यालेस्टाइन राज्यलाई मान्यता
१० जेठ । युरोपेली राष्ट्रहरुले प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् । नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णय गरेका हुन् । उनीहरुको निर्णय आगामी सातादेखि लागू हुनेछ । तर, अमेरिकाले भने यो निर्णयप्रति आपत्ति जनाउँदै फिर्ता लिन भनेको छ । युरोपेली देशहरुको निर्णयलाई अमेरिकाले एकपक्षीय मान्यता भनेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानका अनुसार राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनको समस्या प्रत्यक्ष वार्ताबाट मात्रै समाधान गरिनुपर्ने..

धनुषाको क्रसर उद्योगमा शव भेटियो
१० जेठ, जनकपुरधाम । धनुषामा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो । मजदुरी गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५..

आईपीएलबाट बाहिरियो बेंग्लोर
१० जेठ । रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। मंगलबार राति सम्पन्न पहिलो एलिमिनेटर राजस्थान रोयल्ससँग ४ विकेटले पराजित हुँदै बेंग्लोर प्रतियोगिताबाट बाहिरिएको हो। जितसँगै राजस्थानले फाइनल प्रवेशका लागि अब उसले सनराइजर्स हैदरावादको सामना गर्नेछ। हैदरावाद पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। यो खेल २४ मेमा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ। यस खेलको विजेताले २६ मेमा हुने फाइनलमा कोलकाताको सामना गर्नेछ। बेंग्लोरले दिएको १७३ रनको..