१० जेठ । मुगुस्थित रारा विमानस्थलमा सिता एयरको विमानले ठक्कर दिँदा आफ्नै कर्मचारी घाइते भएका छन्।
बिहिवार नेपालगन्जका लागि यात्रुहरू राखेर उड्ने तयारिमा रहेको सीता एयरको टुइनेटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेशन प्रमुख धिरेन्द्र भाम सक्त घाइते भएका हुन्।
विमानका चालकहरुलाई विमान उडान संकेत गरिरहेका बेला चालकहरूले बोलाएपछि विमान तर्फ जाँदै गर्दा विमान गुड्न शुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिँदा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते भइ अचेत अवस्थामा रहेका भामलाई सीता एयरकै विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको थियो। नेपालगंजमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौं लगिएको सिता एयरले जानकारी दिएको छ ।
सिता एयरले भने विज्ञप्ती निकाल्दै भाम चिप्लीएर लडेको बताएको छ ।