चुलाचुली गाउँपालिकाको बजेट ४३ करोड १२ लाख ६३ हजार

८ असार, इलाम । इलामको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ४३ करोड १२ लाख ६३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न १४ औं अधिवेशनले सो बजेट सर्वसम्मत पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने इलामका १० स्थानीय तहमध्ये चुलाचुली गाउँपालिका दोस्रो बनेको छ । सभाले आउँदो आवका गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिलकुमारी लिम्बूले प्रस्तुत गगरेको..

इलामका जनता आधारभुत स्वास्थ्य सेवाबाट बञ्चित भए: सुहाङ नेम्बाङ

६ जेठ,  काठाकाठामाण्डौ । इलाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलामका जनता आधारभूत निशुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको बताएका छन् । इलामको एक मात्रै जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक पदपूर्ति नहुदा इलामका नागरिक निशुल्क स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित भएको उनको भनाई छ । विहिबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद नेम्वाङले इलामको एकमात्रै जिल्ला अस्पतालमा १४ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि..

बिरिङको बाढीले भत्कायो हुलाकी मार्ग

६ असार । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ। झापा गाउँपालिका वडा नं.५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो । बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ राजमार्गको ४० प्रतिशत हुलाकी भत्केको स्थानीयले जानकारी दिएका छन् । निरन्तर वर्षा भईरहेको खण्डमा पुर्ण रुपमा सडक भत्किएर आवतजावत गर्न हुलाकी मार्ग अवरुद्ध हुने सम्भावना रहेको बताइएको छ ।

कुकुरलाई क्रुरतापूर्वक हत्या गर्ने तीनजना पक्राउ

४ असार । कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई प्रहरीले इलामबाट पक्राउ गरेको छ। पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ । ‘कुकुरको..

बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

४ असार । झापाको बिर्तामोडमा हात्ती गाडीले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । ठक्करबाट मोरङको रतुवामाई नगरपालिका ८ बस्ने ७० वर्षीय टङ्कमाया सुवेदीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीलाई उपचारको लागि बिएण्डसी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङले अचेत भएका इलामका युवाको मृत्यु

३ असार । इलामममा सोमबार बिहान परेको चट्याङले बेहोस भएका एक युवाको मृत्यु भएको छ । चट्याङ पर्दा बेहोस भएर ढलेका इलाम नगरपालिका-९ भञ्झ्याङका ३६ वर्षीय सुनिल गोलेको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको उपरीक्षक ढकालले बताए ।

शिबसताक्षी–१ धरमपुरस्थित मिनी पार्क निर्माण गर्न स्थानीयवासी जुटे

३ असार । शिबसताक्षी–१ धरमपुरस्थित हाइवे (लोकमार्ग) उत्तरतर्फ धरमपुर सार्वजनिक सौचालयको क्षेत्रलाई मिनी पार्क बनाउन स्थानीयवासीहरु सक्रियता देखाएका छन्। बैदेशिक रोजगारीमा रहेका धरमपुरका युवाहरुले बिदेशबाटै आर्थिक सहयोग जुटाएपछि धरमपुरमा सार्वजनिक सौचालय निर्माण भएको हो । धरमपुर घर भएर रोजगारको शिलशिलामा विभिन्न मुलुकहरुमा कार्यरत युवाहरुले सहयोग संङ्कलन गरेर निर्माणकार्य सम्पन्न भएको सौचालय हाल सञ्चालनमा आइसकेको छ । महिला तथा पुरुषहरुसहित अपाङ्गमैत्री सो सौचालयसहित भलिबल कोर्टसहित पार्क निर्माणमा यहाँका जनप्रतिनिधिहरु, स्थानीयवासीहरु, बजारका..

बकर इदले सहिष्णुताको संस्कृतिलाई सबल बनाएको छ प्रधानमन्त्री प्रचण्डको भनाई

३ असार । प्रधानमन्त्री प्रचण्डले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सबलीकृत तुल्याउन बकर इद (अल–अजहा) को महत्वपूर्ण भूमिका रहेको बताएका छन्। इस्लाम धर्मालम्बीको ठूलो पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका लागि बकर इदलगायत पर्व कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएका बताए । प्रधानमन्त्री दाहालले हरेक चाडपर्वको..

ताप्लेजुङमा बाढी पहिरोबाट दर्जनौँ परिवार विस्थापित

२ असार । निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए । प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् ।..

बिर्तामोड नगरपालिकाद्वरा महिला कृषकहरुलाई बाख्रा वितरण

२९ जेठ, झापा । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गरेकी हुन् । समूहमा रहेका १५ जनाले तीन–तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् । मेयर पकेट प्याकेज कार्यक्रम..