समाज

बिर्तामोड नगरपालिकाको १ अर्ब ३९ करोड ९६ लाखको बजेट प्रस्तुत
११ असार, झापा । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को दोस्रो नगर सभाको पाचौं अधिवेशनबाट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । ‘उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास र सुशासन सहितको समृद्धि’ भन्ने मूल नारासहित नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गरेका हुन् । संघीय समानीकरण तर्फ २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँड तर्फ..

चट्याङ लागेर झापामा दुई जनाको मृत्यु
११ असार, झापा । झापाका छुट्टा–छुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासंगै आज बिहान परेको चट्याङले लागेर कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय लीला भनिने विकास गिरीको मृत्यु भएको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज बिहान खेतमा काम गर्ने क्रममा उनीहरु माथि चट्याङ परेको थियो । चट्याङ लागेर घाइते भएका खड्कालाई उपचारको लागि..

गण्डकी सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने एमाले सांसदको चेतावनी
११ असार, कास्की । गण्डकी प्रदेश सभाका नेकपा एमालेका सांसद कृष्ण पाठकले प्रदेश सरकारले ल्याएको बजेट नसच्याए आगो लगाईदिने चेतावनी दिएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा बोल्दै उनले प्रदेश सरकारले बजेट नसच्याए बजेट पुस्तिा च्यात्नेमात्र नभई आगो लगाईदिने धम्की दिएका छन् । ‘वार्षिक विकास कार्यक्रम सुधारिएन भने मन्त्रालयगत छलफलमा वार्षिक विकास कार्यक्रम च्यात्नेमात्र होइन, धुजा धुजा पार्ने हो । धुजा धुजामात्र पार्ने होइन, त्यसमा आगो लगाउने हो’, पाठकले..

बजेटमा उठेका विषयहरूलाई समेट्ने प्रयास हुँदैछः प्रधानमन्त्री प्रचण्ड
११ असार, काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमा उठेका विषयहरूलाई पनि समेटेर बजेटलाई अन्तिम रूप दिने प्रयास जारी रहने बताएका छन् । प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अहिले पनि आएको विषयलाई करेक्सन गर्नुपर्ने पक्षमा आफू रहेको बताए । उनले भने, ‘सम्भव हुनेसम्म सच्याउन मिल्ने ठाउँसम्म सच्याएर जानुपर्छ। यहाँ उठेका विषयलाई मैले गम्भीर रूपमा हेरेको छु सम्भव हुने ठाउँसम्म सन्तुलित बनाउने कोसिस हुन्छ। मैले अर्थमन्त्रीलाई पनि भनेको..

प्रधानमन्त्रीलाई पनि नपत्याउने मुख्य सचिव अन्ततः राष्ट्रिय योजना आयोगमा थन्किए
१० असार, काठमाण्डौँ । मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्दै मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । नेपालको इतिहासमा पहिलो पटक बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुख्यसचिव विरुद्धको भ्रष्टाचार मुद्दालाई लिएर सरकारको पनि आलोचना सुरु भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्यसचिव अर्याललाई..

नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा ‘डग च्यू’ अर्थात छुर्पी
१० असार, काठमाण्डौँ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा गलैँचा र पाम तथा रिफाइन्ड पाम आयल पर्दछन् । यसका साथै नेपालबाट अधिकांश निर्यात हुनेमा चिया र कफी पनि पर्दछन् । अहिले नेपालबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा राम्रो चर्चा र बजार पाइरहको वस्तु हो ‘डग च्यू’ अर्थात छुर्पी । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा चौँरी गाई तथा गाईको दूधबाट छुर्पी तयार गरिन्छ । उक्त कच्चा छुर्पीलाई प्रशोधन र प्याकेज..

रामबहादुर बम्जन दोषी ठहर
१० असार, काठमाण्डौँ । बाल यौन दुराचार सम्बन्धी कसुरमा लिटिल बुद्ध उपनामले परिचित रामबहादुर बम्जन दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार बम्जनलाई दोषी ठहर गरेको हो । आरोपीमध्ये अन्य २ जनाले भने सफाइ पाएका छन् । बम्जनलाई कति सजाय हुने भनेर असार १७ गते तय हुने सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदम अधिकारीले जानकारी दिए । आफ्नो आश्रममा रहेका बालिकालाई यौन दुव्र्यवहार गरेको आरोप..

बिर्तामोड–शनिश्चरे सडकखण्डमा कालोपत्र गर्ने काम सुरु
१० असार, झापा । झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लगातमा कालोपत्र गर्ने काम थालिएकोे छ । पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इञ्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिनुभयो । बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको र मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिने उनको भनाई छ । बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर..

संघीयतापछिको बाह्रदशीः महत्वाकांक्षी योजनाभन्दा मागमा आधारित काम धेरै
१० असार, झापा । संघीयतापछि झापाको बाह्रदशी गाउँपालिकाको विकास सन्तोषजनक रहेको पाइएको छ । संघीयतापछि भएको राज्य पुनर्संरचनापछि स्थानीय तहमा आर्थिक स्रोतहरु परिचालन गरेर स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने काम गर्दै आएको बाह्रदशीले ठूला र महत्वाकांक्षी योजनाभन्दा मागमा आधारित याजनाको काम सम्पन्न गर्दै कृषि विकास, र पूर्वाधार निर्माणमा योगदान पुर्याएको बताइएको छ । पालिकाभित्रका आवश्यकताहरु पहिचान गर्दै जनप्रतिनिधिले विकास योजनाहरु तयार पार्न र कार्यान्वयन गराउँदा बाह्रदशीको विकास सन्तोषजनक देखिएको बताइएको छ..

बैकुण्ठ अर्यालबारे सरकार भन्छः मुद्दा लाग्दैमा दोषी प्रमाणित हुदैन
१० असार, काठमाण्डौँ । सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले कसैविरूद्व मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने जिकिर गरेकी छन् । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गरेपछि उनले आरोप लाग्दैमा दोषी प्रमाणित नहुने बताइन् । मन्त्रिपरिषद्को बैठकपछि उनले सञ्चारकर्मीसँग भने, ‘कसैलाई मुद्दा दायर हुँदैमा दोषी प्रमाणित हुँदैन । मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ । त्यो पद रिक्त भएको अवस्था होइन । एकातिर उहाँ..