चुलाचुली गाउँपालिकाको बजेट ४३ करोड १२ लाख ६३ हजार

चुलाचुली गाउँपालिकाको बजेट ४३ करोड १२ लाख ६३ हजार

८ असार, इलाम । इलामको चुलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि ४३ करोड १२ लाख ६३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न १४ औं अधिवेशनले सो बजेट सर्वसम्मत पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने इलामका १० स्थानीय तहमध्ये चुलाचुली गाउँपालिका दोस्रो बनेको छ ।

सभाले आउँदो आवका गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिलकुमारी लिम्बूले प्रस्तुत गगरेको बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक संसोधनसहित सर्वसम्मतले पारित गरेको हो ।

नीति तथा कार्यक्मरमा चुलाचुली गाउँपालिका ४ नं. वडाध्यक्ष सागर जबेगु, २ नं. वडाध्यक्ष लक्ष्मण श्रेष्ठ, १ नं. वडा अध्यक्ष पुर्ण लावती र ५ नं. वडा सदस्य रामप्रसाद नेपालले संशोधन प्रस्ताव पेश गरेका थिए । प्रस्तावमाथि अध्यक्ष केरुङले जवाफ दिनका साथै सर्वसम्मत रुपमा पारित गरेको थियो ।

चालु आव २०८०।०८१ मा एक करोड ३५ लाख १९ हजार तीन सय २३ रुपैयाँ अनुमान गरिएकोमा अनुमानित राजश्व सङ्कलन नभएपछि एक करोड आठ लाख १९ हजार कायम हुने बजेट बक्तव्यमा जनाइएको छ । चालु आवको प्रगतिमा ६३ दशमलव ७३ प्रतिशत मात्र प्रगति भएको उल्लेख गरियो ।

बजेट बक्तब्य माथि छलफल को क्रममा चुलाचुली १ नं. वडा वडाध्यक्ष पुर्ण लावती, ४ नं. वडा सदस्य निरकुमार राईले संशोधन प्रस्तावहरु पेश गरेका थिए । प्रस्तावउपर उपाध्यक्ष लिम्बूले जवाफ दिनुका साथै चुलाचुली गाउँपालिकाको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक बजेट गाउँसभाको १४ औं अधिवेसनबाट सर्वसम्मत पारित गरियो । त्यस्तै कार्यक्रमको शुन्य समयमा चुलाचुली ६ नं. का वडा सदस्य काजीमान राईले चुलाचुली ६ नं. वडाका लागि एउटा छुट्टै ब्यकहुलोडर आवश्यक रहेको पनि बताए ।

कार्यक्रमको अन्त्यमा गाउँकार्यपालिका सदस्य गंगा सुवेदी, नरेन्द्र वान्तवा राइ, पुर्ण लावती, सागर जवेगु, बबिन वान्तवाले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको अवसरमा चुलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दहाललाई उत्कृष्ट कर्मचारी र पत्रकार देवेन्द्र पौडेललाई उत्कृष्ठ पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर