आज थपिए १५ सय ५१ जना कोरोना संक्रमित

२० असोज, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज १५ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । प्रवक्ता गौतमका अनुसार अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । आजसम्म ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज २३४० जना..

छाङरुबासीलाई विदेशी भूमिको प्रयोग गर्नु पर्ने बाध्यता हट्यो

२० असोज, दार्चुला । दार्चुला ब्यास नगरपालिका–१ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न बाटो निर्माण गरिएको छ । नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटोरघोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो । उक्त घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब मुलुकको एकस्थानबाट अर्काे स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ..

पत्रकारमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु

१९ असोज, झापा । झापा बिर्तामोडका एक जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले शुक्रवार स्वाब परीक्षण गराएका थिए । आइतवार रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको बिर्तामोडको स्वास्थ्य शाखा प्रमुख ओम खड्काले जानकारी दिनुभयो । सङ्क्रमित पत्रकारको सम्पर्क एक्क सय जनाभन्दा बढीसँग भएको प्रारम्भिक जानकारी स्वास्थ्य शाखाले लिएको छ । सम्पर्कमा रहेकामा अधिकांश पत्रकार..

आजको मौसमः हल्का बर्षाको सम्भावना

१९ असोज, काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार)को मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज प्रदेश–१, प्रदेश–२, र बागमती प्रदेश मा सामान्य बदली रही प्रदेश–१ का थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ । उता, गण्डकी प्रदेश, प्रदेश–५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । यसैगरी, महाशाखाले आज दिउँसो प्रदेश–१, प्रदेश–२, र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ..

प्रदेशको नाम ‘लुम्बिनी’ राख्ने प्रस्तावप्रति आदिवासी जनजाति महासंघको आपत्ति

१८ असोज, काठमाण्डौँ । नेपाल आदिवासी जनजाति महासंघले प्रदेश–५ को नाम ‘लुम्बिनी’ राख्ने प्रदेश सरकारको प्रस्तावप्रति आपत्ति जनाएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले आइतबार विज्ञप्ति जारी गरी ‘मगरात–थरुहट’ को ऐतिहासिक सभ्यता र पहिचानलाई नामेट पार्ने गरी प्रदेश सभाले एकात्मक, केन्द्रीकृत र नश्लवादी चिन्तनबाट ग्रसित भई सुनियोजित ढंगले तथाकथित ‘लुम्बिनी’ प्रदेश नामाकरण गर्न लागेको भन्दै आपत्ति जनाउनुभएको हो । विज्ञप्तिमा भनिएको छः ‘आदिवासी जनजाति आन्दोलनको समसामयिक प्रमुख मुद्धा भनेको पहिचान..

इलामको फाकफोकथुममा रुखले लागेर एक जनाको ज्यान गयो

१८ असोज, इलाम । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पामा रुखले लागेर एक जनाको ज्यान गएको छ । उत्तिसको रुखले लागेर हिजो स्थानीय २८ बर्षिय भानुभक्त दलार्मी मगरको ज्यान गएको हो । काट्दै गरेको रुखले अर्काे रुख लडाउदा टाउकोमा लागेर मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरी चौकी आमचोकका इन्चार्ज सुवेन्द्र कर्णले जानकारी दिनुभयो । घटनास्थल प्रहरी चौकी भन्दा करिब १५ किलोमिटरको दुरीमा रहेको छ ।  

कानुन मन्त्री कार्कीद्धारा मेचीनगरमा सिंचाई नहरको शिलान्यास

१८ असोज, झापा । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले झापाको मेचीनगर ७ स्थित पालिया पूर्व सिंचाई आयोजना शिलान्यास गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश–१ तथा जलश्रोत तथा सिंचाई विकास डिभिजन झापा अन्तर्गत सञ्चालन हुने आयोजनाको आज एक कार्यक्रमका बिच मन्त्री कार्कीले शिलान्यास गर्नुभएको हो । आयोजना निर्माणको जिम्मा काठमाण्डौंस्थित देव एण्ड सायर निर्माण कम्पनीले लिएको छ । २ बर्ष भित्रका निर्माण सम्पन्न गर्ने गरी..

आणविक अस्त्रको खर्च शान्ति र मानवताको हितका खातिर उपयोग गरौँ

१७ असोज, काठमाण्डौँ । नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घको ७५ औँ महासभाको सन्दर्भमा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो । पूर्वअभिलखित ‘भिडियो’ सम्बोधनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको..

आज थपिए २१२० कोरोना संक्रमित

१७ असोज, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज २१ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको छ । आजसम्म ६२ हजार सात सय ४० जना संक्रमणमुक्त भएका छन् । आज २०४४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । यस्तै काठमाडौं उपत्यकामा मात्र ११७७ जना कोरोनाभाइरस संक्रमित..

मिर्गाैला पिडित बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ संञ्चालन गरिने

१७ असोज, काठमाण्डौँ । दुवै मिर्गाैला फेल भएकी दमक नगरपालिका वडा नम्बर–५ झापा स्थायी घर भएकी पदम कुमारी बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ हुने भएको छ । पदम कुमारी बेघा बचाउ अभियान र युथ ग्रुप नेपाल प्रा.ली.को आयोजनामा उक्त संगीत यात्रा देशका मुख्य–मुख्य शहरमा सञ्चालन गरिने जनाईएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दुवै मिर्गाैला फेल भएकी बेघाको उपचारमा सहयोगको लागि आयोजक संस्थाहरूले अपिलसमेत..