कानुन मन्त्री कार्कीद्धारा मेचीनगरमा सिंचाई नहरको शिलान्यास

कानुन मन्त्री कार्कीद्धारा मेचीनगरमा सिंचाई नहरको शिलान्यास


१८ असोज, झापा । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले झापाको मेचीनगर ७ स्थित पालिया पूर्व सिंचाई आयोजना शिलान्यास गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश–१ तथा जलश्रोत तथा सिंचाई विकास डिभिजन झापा अन्तर्गत सञ्चालन हुने आयोजनाको आज एक कार्यक्रमका बिच मन्त्री कार्कीले शिलान्यास गर्नुभएको हो ।

आयोजना निर्माणको जिम्मा काठमाण्डौंस्थित देव एण्ड सायर निर्माण कम्पनीले लिएको छ । २ बर्ष भित्रका निर्माण सम्पन्न गर्ने गरी २०७७ असार २९ मा भएको सम्झौता अनुसार २०७९ असार २८ भित्रमा आयोजना सम्पन्न गरी सक्नु पर्नेछ । आयोजना रु ५ करोड ६८ लाख ५८ हजार ६९७ रुपैयामा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले चार सय बिघा जमिनलाई उपयोग गर्न पुग्ने गरी निर्माण हुने आयोजनाले यहाँका किसानले बर्षमा ३ पटक नगदे बालि उब्जाउन सक्ने हुँदा जीवनस्तर माथि उठ्न मद्धत पुग्ने विश्वास ब्यक्त गर्नुभयो। मन्त्री कार्कीले कोरोनाको प्रकोपका कारण यो बर्ष मन्त्रालयले नयाँ योजना नबनाएको स्मरण गराउँदै थालिएका योजना समयमै सम्पन्न गर्ने र बजेटको कमी हुन नदिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर