आज थपिए २१२० कोरोना संक्रमित

आज थपिए २१२० कोरोना संक्रमित

१७ असोज, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज २१ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ८४ हजार ५ सय ७० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको छ ।

आजसम्म ६२ हजार सात सय ४० जना संक्रमणमुक्त भएका छन् । आज २०४४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो ।

यस्तै काठमाडौं उपत्यकामा मात्र ११७७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौँमा १००१, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना रहेका छन् ।

बिहीबारको नियमित प्रेस बिफ्रिङपछि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको विस्तृत विवरणमा मोरङमा १११, चितवनमा ७५, कैलालीमा ९७, रुपन्देहीमा ९८ सहित विभिन्न जिल्लामा गरी २१२० जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270