१७ असोज, काठमाण्डौँ । दुवै मिर्गाैला फेल भएकी दमक नगरपालिका वडा नम्बर–५ झापा स्थायी घर भएकी पदम कुमारी बेघाको उपचार सहयोगार्थ ‘जीवनका लागि संगीत यात्रा–२०७७’ हुने भएको छ । पदम कुमारी बेघा बचाउ अभियान र युथ ग्रुप नेपाल प्रा.ली.को आयोजनामा उक्त संगीत यात्रा देशका मुख्य–मुख्य शहरमा सञ्चालन गरिने जनाईएको छ ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर दुवै मिर्गाैला फेल भएकी बेघाको उपचारमा सहयोगको लागि आयोजक संस्थाहरूले अपिलसमेत गरेका छन् । पीडित बेघाका छोरा अविन मेन्याङ्बोले दिएको जानकारीअनुसार हालसम्म आमाको उपचारको लागि झापाका विभिन्न संस्थाहरुले ७० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
कार्यक्रममा बोल्दै युथ ग्रुप नेपाल प्रा.ली.का प्रवन्ध निर्देशक अशोक क्षेत्रीले बेघाको उपचारको लागि अपिल गर्नुभयो । त्यस्तै, गायक राज लावुङले बेघाको उपचारको लागि आफूले गीत तथा संगीतसम्बन्धी सम्पूर्ण संघ÷संस्थाहरुलाई अपिल गर्ने र आफू सांगीतिक यात्रा अवधिभर साथै रहनेपनि विश्वास दिलाउनुभयो ।
पछिल्लो दुई वर्षदेखि पदम कुमारी बेघा मृर्गौलाको समस्यामबाट पिडित हुनुहुन्छ ।