कांग्रेस महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार (१५ चैत) बाट सुरु गर्न लागिएको हो । १३ माघबाट इलामबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो । बुढाथोकीको..

टी–२० अभ्यास खेलः आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै नेपाल

१३ चैत । नेपालले दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी–यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ । सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले हराएको थियो । टी–२०आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हो । त्यसैले नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् । नेपालको रोहित पौडेल र आयरल्यान्डको निल रकले कप्तानी..

शिवसताक्षीमा होलीको रंग पखाल्न कन्काई नहरमा पसेका १५ बर्षीय बालकको मृत्यु

  १२ चैत, झापा । होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ । झापाको शिवसताक्षी–११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ श्रृष्टि टोल बस्ने १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको हो । उनी शोमबार दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न गएका थिए । अरुले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी..

राष्ट्रियसभा प्रमुख सचेतकमा कांग्रेसले गर्यो कृष्णबहादुर रोकायालाई नियुक्त

१२ चैत । नेपाली कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई नियुक्त गरेको छ । कांग्रेस संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले रोकायालाई सचेतकको जिम्मेवारी तोकेका हुन् । देउवाले यसअघि राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई नियुक्त गरेका थिए । कांग्रेस संसदीय दलको विधानानुसार दलको नेता देउवाले सचेतक तोकेका उनका निजी सचिव केशव जोशीले जानकारी दिए ।

टी २० क्रिकेटमा नेपालद्वरा आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

१२ चैत । नेपालले पहिलो टी २० क्रिकेटमा आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्‍यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण योगदान गरे ।..

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः इटालीको लगातार दोस्रो जित

१२ चैत । इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित हासिल गरेको छ। अमेरिकाको न्यू जर्सीस्थित रेड बुल एरेनामा सम्पन्न खेलमा इटालीले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको हो। मैत्रीपूर्ण खेलमा इटालीको यो दोस्रो जित हो। पहिलो मैत्रीपूर्ण खेलमा इटालीले भेनेजुएलालाई २–१ गोल अन्तरले पराजित गरेको थियो। इक्वेडरविरुद्ध जित दिलाउन लोरेन्जो पेलेग्रिनी र निकोलो बारेलाले १,१ गोल गरे। खेलको तीन मिनेटमै पेलेग्रिनीको गोलमार्फत इटालीले अग्रता लिएको थियो। फ्रिक्रिक प्रहार गर्दा..

जसपा सांसद कार्की वन राज्यमन्त्री नियुक्त

१२ चैत, काठमाडौं । मन्त्रिपरिषद्‌मा एक राज्यमन्त्री थपिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद दीपक कार्कीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले राज्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई वन तथा वातावरण मन्त्रालयको विभागीय जिम्मेवारी तोकिएको छ । वन तथा वातावरणमन्त्रीमा जसपाकै नवलकिशोर साह मन्त्री छन् । धनुषा–१ बाट निर्वाचित कार्की जसपाले थप एक राज्यमन्त्रीको कोटा पाएसँगै मन्त्रिपरिषद्मा सहभागी हुन पाएका हुन् ।

निजी विद्यालयका शुल्कमा कडाइ गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको परिपत्र

१२ चैत, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी निजी तथा संस्थागत विद्यालयले निःशुल्क शिक्षाका सम्बन्धमा लागु गर्नपर्ने कानुनी व्यवस्थाहरु कार्यान्वयमा कडाइ गर्न स्थानीय तहलाई निर्देिशत गरेको हो । विभिन्न नाममा जथाभावी शुल्क असुल्ने काम रोक्न समेत आग्रह गर्दै सबै स्थानीय तहलाई मन्त्रालयले पत्र लेखेको..

बिश्वाशिलो साकोस दमकले गर्यो बालआश्रमलाई २१ हजार सहयोग

१२ चैत, झापा । झापाको दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमबीच दमकस्थित बाल आश्रमका बालबालिकाहरुसंग होली मिलनसहित नगद २१ हजार सहयोग हस्तान्त्रण गरेको छ । बिश्वाशिलो साकोसले सोमबार आफ्नो १३औं स्थपाना दिवसको अवसर पारेर दमक–९ मा रहेको बाल आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकाहरुलाई होली मिलन कार्यक्रम गर्नुका साथै आश्रमलाई नगद २१ हजार सहयोग हस्तान्त्रण गरेको हो । आश्रममा २९ जना बालबालिकाहरु आश्रित छन्..

शान्ति समाजले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

    १२ चैत, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । सोमबार समाजका अध्यक्ष रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं..