राष्ट्रियसभा प्रमुख सचेतकमा कांग्रेसले गर्यो कृष्णबहादुर रोकायालाई नियुक्त

राष्ट्रियसभा प्रमुख सचेतकमा कांग्रेसले गर्यो कृष्णबहादुर रोकायालाई नियुक्त

१२ चैत । नेपाली कांग्रेसले आफ्नो तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायालाई नियुक्त गरेको छ । कांग्रेस संसदीय दलका नेता समेत रहेका सभापति शेरबहादुर देउवाले रोकायालाई सचेतकको जिम्मेवारी तोकेका हुन् ।

देउवाले यसअघि राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई नियुक्त गरेका थिए ।

कांग्रेस संसदीय दलको विधानानुसार दलको नेता देउवाले सचेतक तोकेका उनका निजी सचिव केशव जोशीले जानकारी दिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर