शिवसताक्षीमा होलीको रंग पखाल्न कन्काई नहरमा पसेका १५ बर्षीय बालकको मृत्यु

शिवसताक्षीमा होलीको रंग पखाल्न कन्काई नहरमा पसेका १५ बर्षीय बालकको मृत्यु

 

१२ चैत, झापा । होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर एक किशोरको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी–११ स्थित कनकाई नहरमा पौडी खेल्न जाँदा डुबेर शिवसताक्षी ११ श्रृष्टि टोल बस्ने १५ वर्षीय रविन श्रेष्ठको मृत्यु भएको हो । उनी शोमबार दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न गएका थिए ।

अरुले पनि पौडी खेलिरहेका ठाउँमा रविन पनि पौडी खेल्न गएको र नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताउनुभयो ।

नहरले बगाई सोही वडाको साईफनस्थित नहरमा रहेको फलाममा अड्की लाश पानीमा डुबिरहेको अबस्थामा स्थानीयले देखेर ईप्रका झिलझिलेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर