उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बेइजिङ पुगे

१२ चैत । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् । बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी..

शक्तिखोर औद्योगक क्षेत्रको विषयमा बजेट सम्बोधन हुने

१२ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् । चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न..

बिर्तामोडमा मनाइयो विश्व क्षयरोग दिवस २०२४

१२ चैत, झापा । झापाको बिर्तामोडमा विश्व क्षयरोग दिवस २०२४ प्रभातफेरी गर्दै मनाइएको छ । स्वास्थ्य कार्यालय झापा र बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विहान बिर्तामोड बजार परिक्रमा गर्दै विश्व क्षयरोग दिवस मनाईएको हो । सो अवसरमा बिर्तामोड स्वास्थ्य शाखा, स्वास्थ्यका कर्मचारी, बिर्तामोड क्षेत्रका अस्पतालहरु समेतको सहभागितामा प्रभातफेरीको आयोजना गरिएको थियो । विभिन्न सचेतनामुलक नारा लेखिएका प्ले–कार्डसहितका सहभागीहरुले बिर्तामोड परिक्रमा गर्दै कोणसभामा परिणत गरिएको थियो । ‘हो, हामी क्षयरोग..

तराई–मधेसमा आज होली मनाइँदै

१२ चैत । तराई–मधेस क्षेत्रमा आज होली मनाइँदै छ। मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली पर्व मनाउने गरिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ..

नेपालले आज आयरल्यान्ड ‘ए’ टीमसँग खेल्दै

१२ चैत । आयरल्यान्ड ‘ए’ टीमसँगको दुई टी–२० अभ्यास खेलअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरू हुनेछ । टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले आयरल्यान्ड ‘ए’ टीमसँग घरेलु मैदानमा दुई टी–२० अभ्यास खेल खेल्न लागेको हो । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ टीमसँग तीन टी–२० र तीन एकदिवसीय खेल खेल्नेछ । चैत १५, १६ र..

गाजामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु

१२ चैत । गाजामा इजरायलको जारी हमलामा हालसम्म ३२ हजार २२६ प्यालेस्टाइनीको मृत्यु भएको छ । ७४ हजार ५१८ जना घाइते भएका छन् । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या झनै बढिरहेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । सेना र शिन बेट सुरक्षा सेवाले अल–शिफा अस्पताल क्षेत्रमा लडाइँ जारी राखेको छ । इजरायलले यसअघि पनि सो अस्पताललाई निसाना बनाएर आक्रमण गरेको थियो । हमासले यसलाई कमान्ड सेन्टरका रूपमा..

होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई युवाको मृत्यु

१२ चैत, काठमाडौं । ललितपुरमा होली खेलेर खाजा खाने क्रममा झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको ढोलाहिटीमा होली खेलिसकेपछि होटेलमा मदिरा सेवन गरेको समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई ढोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस..

आईपीएलः गुजरात टाइटन्सको विजयी सुरुआत

१२ चैत । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् । मुम्बइले रोहित शर्मालाई कप्तानबाट हटाउँदै हार्दिकलाई नेतृत्व दिएको थियो । जितको लागि १६९ रनको विजयी लक्ष्य पछ्याएको मुम्बइले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रन बनायो । मुम्बइका डेवाल्ड ब्रेभिसले ३८ बलमा..

प्रधानमन्त्रीले गलहत्याएर कांग्रेसलाई फ्याँके जस्तो अवस्थामा ‘रास्वपा’ नपुग्ने

११ चैत, चितवन । गृहमन्त्री रवी लामिछानेले भ्रष्टाचार नियन्त्रणका लागि आफूले चालेको कदम नरोक्ने बताएका छन् । जतिसुकै ठूला माछा भएपनि जनताले कारबाही गर्ने म्याण्डेट दिएर पठाएको उनले बताए । लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलहत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफूहरू नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको बताए । होली मनाउन चितवन आइपुगेका रविले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए ।..

एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गर्यो

११ चैत, काठमाडौं । नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि ३ फागुनमा बसेको एमालेको सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । यौन विचलनमा परेको अडियो सार्वजनिक भएपछि सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने..