अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः इटालीको लगातार दोस्रो जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलः इटालीको लगातार दोस्रो जित

१२ चैत । इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो जित हासिल गरेको छ। अमेरिकाको न्यू जर्सीस्थित रेड बुल एरेनामा सम्पन्न खेलमा इटालीले इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको हो।

मैत्रीपूर्ण खेलमा इटालीको यो दोस्रो जित हो। पहिलो मैत्रीपूर्ण खेलमा इटालीले भेनेजुएलालाई २–१ गोल अन्तरले पराजित गरेको थियो।

इक्वेडरविरुद्ध जित दिलाउन लोरेन्जो पेलेग्रिनी र निकोलो बारेलाले १,१ गोल गरे।

खेलको तीन मिनेटमै पेलेग्रिनीको गोलमार्फत इटालीले अग्रता लिएको थियो। फ्रिक्रिक प्रहार गर्दा बारमा ठोकेर आएको बललाई उनले करिब २५ यार्डबाट सिधै जाली चुमाएका थिए।

पहिलो हाफ १–० गोल अन्तरले अगाडि रहेको इटालीले दोस्रो हाफमा थप एक गोल थप्यो।

दोस्रो हाफको इन्ज्युरी समयमा रिकार्डाे ओरसोलेनीको पासमा बारेलाले गोल गर्दै इटालीलाई २–० को सहज जित दिलाए।

प्रतिक्रिया:

सम्बन्धित खवर