विशेष

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन
१४ चैत, काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले कार्यदल गठन गर्न निर्देशन दिनुभएको छ । मंगलबार मन्त्रालयमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा मन्त्री चौधरीले अपाङ्गता भएका व्यक्ति दीपक भण्डारीले उठान गरेका माग तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ र नियमावली २०७७ मा भएका व्यवस्थाहरूको व्यबहारिक कार्यान्वयनको लागि..

राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री लामिछाने, प्रश्नको जवाफ दिने
१४ चैत, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् । कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ । बैठकमा सदस्यहरूले उठाएको प्रश्नको मन्त्री लामिछानेले जवाफसमेत दिनेछन् ।

कुचोको मूल्य घटेपछि इलामका अम्रिसो किसान समस्यामा
१४ चैत, माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो। उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए। यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले खेतीयोग्य जमिन मासेर अम्रिसो लगाएका थिए तर कुचोको मूल्य घट्यो। ३० क्विन्टल कुचो बिक्री..

पुरानो रिसिबीका कारण बिर्तामोडमा मुर्मूमाथि छुरा प्रहार
१४ चैत, झापा । पुरानो रिसिबीका कारण बिर्तामोड १ का २३ वर्षीय सुनिराम मुर्मूमाथि छुरा प्रहार भएको छ । पुरानो रिसिबीका कारण दुई पक्षबीच झडप भएको र मुर्मूमाथि छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताउनुभयो । बिर्तामोडस्थित पश्चिम बस स्टेन्डमा मंगलबार राति ८.२० बजे दुई समूहबीच झडप हुँदा छुरा प्रहार भएको थियो । छुरा प्रहारबाट घाइते भएका मुर्मूलाई उपचारका लागि स्पाइनएक्स अस्पतालमा भर्ना गरिएको छ ।..

विश्वकप छनोटः दोस्रो खेलमा पनि नेपाल बहराइनसँग ३–० ले पराजित
१४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ । रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको हो । छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले..

पाल्पामा पँधेरोमा नुहाउन गएकी युवतीको हत्या
१४ चैत, बुटवल । पाल्पामा पँधेरोमा नुहाउन गएकी एक युवतीको हत्या भएको छ । रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो ४ बजे घर नजिकैको पँधेरोमा नुहाउन गएकी पद्मा साँझ अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हत्या भएको अवस्थामा शव भेटिएको हो । उनको शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको पाइएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका..

दोस्रो टी२० खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ७१ रनले विजयी
१३ चैत, काठमाडौं । घरेलु टोली नेपालले दोस्रो टी२० खेलमा आयरल्यान्ड ए लाई ७१ रनले हराएको छ । योसँगै नेपालले आयरल्यान्ड ए सँग दुबै खेलको टी२० सिरिज पनि जितेको छ । जितको लागि १९९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड १८.३ ओभरमा १२७ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २६ रन बनाए । रस आदिर १७, मोर्गन टिप्लिङले २१, केड..

नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको कांग्रेस महामन्त्री गगन थापाको टिप्पणी
१३ चैत । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा बोल्दै उनले मुलुकमा छट्टुहरू राजनीतिमा आउने र ‘लटरपटर’ पार्ने काम सुरू गरेको टिप्पणी गरेका हुन् । उनले भने, ‘राजनीतिमा छट्टुहरू हाबी हुन थाले । छट्टुहरू त आउँछ, लटरपटर पार्छ । झुक्याउँछ । यसो रङरोगन गर्छ, जान्छ । हामीलाई छट्टुहरु..

सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएनन्
१३ चैत । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका अहिलेसम्म भेटिएका छैनन् । आइतबार वेपत्ता भएका बालबालिका मंगलबार मध्यान्हसम्म नभेटिएको प्रहरीले जनाएको छ । आइतबार साँझदेखि सोमबार र मंगलबार मध्यान्हसम्म सशस्त्र प्रहरी बलको गोताखोरेले खोजी गर्दा समेत नभेटिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थााले जानकारी दिए । वेपत्ता ३ बालबालिकाको खोजी गर्न कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको थियो ।..

अहिलेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्याउने गरी गरेका छौँ : शंकर पोखरेल
१३ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन ०८४ लाई सहयोग पुर्याउने गरी पाँच दलबीच सहकार्य गरिएको बताएका छन् । वाग्मती प्रदेश कमिटीको कार्यक्रममा मंगलबार उनले अहिले वामपन्थीहरूबीच सहकार्य नगरिएको पनि बताए । “हामीले अहिले गरेको सहकार्य मिसन ०८४ लाई सहयोग पुर्याउने गरी गरेका छौँ । अहिलेको पाँच दलको सहकार्य वामपन्थी सहकार्य होइन,” उनले भने, “यद्यपि त्यहाँ वामपन्थी दलको सहभागिता बढी छ ।” पोखरेलले न्यूनतम प्राथमिकता र साझा कार्यक्रमअनुसार..