आर्थिक गतिविधि लयमा फर्कदैंः बैंकमा तरलता अभाव हुने संकेत

९ फाल्गुन, काठमाण्डौँ । पछिल्लो समय तरलता अभाव (लगानीयोग्य रकम)को हुने संकेत देखिएको छ । यसबाट बैंकहरुले प्रवाह गर्ने ऋणबाट आर्थिक गतिविधि लयमा फर्कन थालेको प्रष्ट हुन्छ । ऋण प्रवाह यही अनुपातमा भए क्रेडिट क्रन्चको सम्भावना नजिकिदै जाने देखिन्छ । नेपाल राष्ट्र बैंकमा पुस मसान्तसम्म दुई खर्ब अधिक तरलता (एक्सेस लिक्विडिटी) रहेकोमा भण्डै एक महिनाको अन्तरालमा सवा एक खर्बको तरलता बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता..

२० वर्षपछि भन्सार एजेन्टको विज्ञापन खुल्दै, के हो भन्सार एजेन्ट ?

२७ माघ, काठमाण्डौँ । भन्सार एजेन्टको नयाँ लाइसेन्स चालू आर्थिक वर्षभित्र जारी हुने भएको छ । २० वर्षदेखि हुन नसकेको नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको भन्सार विभागले जनाएको छ । विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा संञ्चालन गर्ने तयारी गरेको भए पनि कोरोना संक्रमणका कारण यो प्रक्रिया यत्तिकै रोकिएको थियो । संक्रमण दर घट्दै गएको र खोप समेत आइसकेको अवस्थामा महामारी कम भएको आँकलनसहित तयारी अघि बढाइएको..

काँकरभिट्टा सुख्खा बन्दरगाह संञ्चालनको जिम्मा निजी क्षेत्रलाइ

१६ माघ, झापा । नेपालको पूर्वी सीमानाका काँकरभिट्टास्थित सुख्खा बन्दरगाह संञ्चालनको जिम्मा निजी क्षेत्रले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धामार्फत ट्रान्स नेपाल फ्रेट सर्भिस प्रालिलाई उक्त बन्दरगाह सञ्चालनको जिम्मेवारी पाएको हो । सो कम्पनीले ५ वर्षको संञ्चालन बापत समितिलाई १३ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नेगरी बोलपत्र प्रस्ताव गरेको थियो । सो कम्पनीको सम्झौता फागुग १ गतेदेखि लागु हुनेछ । उक्त बोलपत्र प्रक्रियामा ५ वटा कम्पनीले..

बैङ्कले दिने ब्याजदर झनै घट्यो

१ माघ, काठमाण्डौँ । वाणिज्य बैङ्कहरुले निक्षेपमा दिने ब्याजदर झनै घटाएका छन् । यसअघि नै ज्यादै कम भएको मानिएको बचत तथा मुद्दती निक्षेपको ब्याजदर माघ महिनादेखि लागु हुनेगरी झनै घटाइएको हो । राष्ट्र बैङ्कले प्रत्येक महिनाका लागि लागु हुने ब्याजदर महिना सुरु हुनुभन्दा अघि नै प्रकाशित गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै माघ महिनाका लागि सबैजसो बैङ्कहरुले यस्तो ब्याजदर प्रकाशन गरेका हुन् । अहिले बैङ्कहरुले प्रकाशित गरेको ब्याजदर तालिका अनुसार बचत खातामा..

उद्योग वाणिज्य महासंघको मतदान शुरु, भावी नेतृत्वका लागि ढकाल र प्रधान मैदानमा

१३ मंसिर, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको मतदान शुरु भएको छ । मतदान अहिले विहानबाट शुरु भएको हो । महाधिवेशनको अन्तिम दिन आज भएकाले निर्वाचन प्रकृया सुरु भएको हो । मतदान टेकुस्थित महासंघको केन्द्रीय कार्यालय, कार्की बैंकेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भईरहेको छ । टेकुमा वस्तुगत संघ समूह, बबरमहलमा एशोसिएट समूह र कमलादीमा उद्दोग वाणिज्य समूहले मतदान गर्ने गरी व्यवस्था मिलाइएको महासंघले जनाएकोे छ । भावी नेतृत्वको..

सेयर बजारमा उत्साहजनक कारोबार, आधा घण्टामै ४० अंकले बढ्यो नेप्से परिसूचक

१० मंसिर, काठमाण्डौँ । आज सेयर बजारमा उत्साह छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले उकालो लागेको छ । बजार खुलेसँगै सेयर बजारमा उत्साह थपिएको छ । आज ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको थियो । यद्यपि, ११ बजेर ३० मिनेट जादा नेप्से परिसूचक ३९ दशमलव ७५ अंकले बढेर १ हजार ८ सय ४९ दशमलव ८६ अंकमा पुगेको..

अहिलेसम्म पनि ३५ स्थानीय तहले बजेट ल्याउन सकेनन् (नाम सहित)

२५ कार्तिक, काठमाण्डौँ । चालू आर्थिक वर्ष २०७७÷७८ सुरु भएको चौंथो महिना बित्त लाग्दा समेत ३५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन । कानून अनुसार १० असारभित्रै स्थानीय सरकारको बजेट ल्याउनु पर्ने थियो । यसरी बजेट ल्याउन ढिलाइ गरेका ३५ स्थानीय सरकारसँग संघीय सरकारले स्पष्टीकरण सोधेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयमा बजेट नल्याउने र संघमा विवरण नपठाउने स्थानीय तहलाई नेपाल सरकारले प्रदान गर्ने अनुदान रोक्न..

झिलिमिली बत्तीको व्यापार ७० प्रतिशतले घट्यो

२५ कार्तिक, काठमाण्डौँ । दिपावलीमा अत्यधिक प्रयोग हुने झिलिमिली बत्ती (कलर लाईट)को व्यापारमा गिरावट आएको छ । व्यवसायीहरुका अनुसार यो बर्ष कलर लाईटको खरिद ७० प्रतिशतले घटेको छ । दीपावलीको बेला घरहरु सजाउन झिलिमिली बत्तीको अत्याधिक प्रयोग हुन्छ । तर यस वर्ष कोरोना महामारीका कारण तिहारको किनमेलमा उपभोक्ताको उत्साह नदेखिँदा बजारमा प्रभाव परेको व्यवसायीहरुको भनाइ छ । तिहारको किनमेलका लागि उपभोक्ता डराएकाले व्यापार नभएको विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले..

अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने अर्थमन्त्रीको प्रतिवद्धता

८ कार्तिक, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना महामारीले तहसनहस पारेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने बताउनुभएको छ । आज न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने लगायतका विषयमा रणनीतिक रुपमा अगाडि बढ्ने तयारीमा आफू लागेको बताउनुभयो । अर्थमन्त्री पौडेलले पुँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनु आवश्यक भएकोमा पनि जोड दिनुभयो । कतिपय कानुनी प्रावधानका कारण पुँजीगत खर्च कमजोर अवस्थामा रहेकोले त्यस्ता कानुनहरुलाई सुधार गर्नुपर्ने..

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त

६ कार्तिक, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट संञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गर्नुभएका केसी पत्रकारितौ पिएचडी अध्ययनरत हुनुहुन्छ । उहाँसंग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ । सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष भइसकेका केसी यसअघि राष्ट्रिय पुनःर्निमाण प्राधिकरणमा मिडिया..