काँकरभिट्टा सुख्खा बन्दरगाह संञ्चालनको जिम्मा निजी क्षेत्रलाइ

काँकरभिट्टा सुख्खा बन्दरगाह संञ्चालनको जिम्मा निजी क्षेत्रलाइ


१६ माघ, झापा । नेपालको पूर्वी सीमानाका काँकरभिट्टास्थित सुख्खा बन्दरगाह संञ्चालनको जिम्मा निजी क्षेत्रले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धामार्फत ट्रान्स नेपाल फ्रेट सर्भिस प्रालिलाई उक्त बन्दरगाह सञ्चालनको जिम्मेवारी पाएको हो ।

सो कम्पनीले ५ वर्षको संञ्चालन बापत समितिलाई १३ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नेगरी बोलपत्र प्रस्ताव गरेको थियो । सो कम्पनीको सम्झौता फागुग १ गतेदेखि लागु हुनेछ । उक्त बोलपत्र प्रक्रियामा ५ वटा कम्पनीले सहभागिता जनाएका थिए । जसमा विराटनगरको ट्रान्स नेपालका अतिरिक्त काठमाडौंको एटलस एलाइड जेभी, काठमाडौंकै नेपाल ट्रान्जिट एण्ड वायरहाउजिङ कम्पनी, वीरगञ्जको प्रिस्टाइन भ्याली ड्राइपोर्ट जेभी र कोलकत्ताको अपना हाइवे जेभी सहभागी थिए ।

यो बन्दरगाह नेपाल र बंगलादेशबीचको व्यापारका लागि सबैभन्दा नजिकको बन्दरगाह हो । एशियाली विकास बैंकको ३९ करोड ३० लाख रुपैयाँ ऋण सहयोगमा निर्माण भएको उक्त बन्दरगाह सन् २०१० देखि सञ्चालनमा छ ।

हालसम्म पटक पटक प्रयास भएर पनि सञ्चालक कम्पनी छनौट हुन नसकेपछि सुरुदेखि नै यो ड्राइपोर्ट सञ्चालनको जिम्मा समिति आफैंले गर्दै आएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर