दश करोड थान नयाँ नोटहरु आज देखी बजारमा

६ कार्तिक, काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले दुई अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैङ्कले २० रुपैयाँ दरको सङ्केत नम्बर ञ/४२ ०००००१ देखि ठ/१०० ९९९९९९ सम्मका नोट आज (बिहीबार)देखि बजारमा पठाएको राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार दुई अर्ब रुपैयाँका १० करोड थान नयाँ नोट बजारमा पठाईएको छ । ति नोटहरु आजैदेखि चलनचल्तीका लागि खुला गरिएको बताईएको छ । उक्त नोटमा..

कार्तिक ७ देखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने

४ कार्तिक, काठमाण्डौँ । दशैको विदाको दिन पनि बैंकहरुले केही घण्टा आफ्ना काउन्टर खोलेर सेवा दिने गरेपनि यसपालिको दशैमा भने बैंक बन्द हुने भएका छन् । दशै विदाको पाँचै दिन बैंकका सबै शाखा बन्द हुने भएका हुन् । कार्तिक ७ गतेदेखि ११ गतेसम्म सबै बैंकका शाखाहरु बन्द हुने छन् । नेपाल बैंकर्स संघले आज सूचना जारी गर्दै दसैं बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने जनाएको छ । बैंकका..

युएईलाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह

४ असोज, इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (युएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । आज मन्त्री भट्टराई र संयुक्त अरव ईमरेटस (युएई) का राजदुत सईद हमदान अल नाक्बीबीच भएको भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा लगानी गर्न युएई सरकार र ब्यवसायीहरुलाई आग्रह गर्नु भएको हो । मन्त्री भट्टराईले महामारीको समयमा युएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरुको उडानको लागि..

अर्थमन्त्रीमा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओली

१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने संकेत दिनुभएको छ । शनिबार राति पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा ओलीले खतिवडाले राम्रो काम गरेको भन्दै उहाँलाई नै निरन्तरता दिने संकेत गर्नुभएको हो । ओलीले खतिवडाबारे २–४ दिनमा निर्णय हुने भन्दै उहाँले राम्रो काम गरिरहेको स्पस्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाले राम्रो काम गर्नुभएको छ भन्ने प्रश्नमा ओलीले भन्नुभयोे, ‘राम्रो काम गर्नुभएको छ !’ उहाँको..

सुनको मूल्यले नयाँ कीर्तिमान बनायो, तोलाको १ लाख १ हजार ४०० पुग्यो

२१ श्रावण, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्काे कीर्तिमान बनाइरहेको बेला आज छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार एकैदिन १६०० रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने..

सुनको मूल्य तोलामा ९९ हजार पुग्योः अझै बढ्ला ?

१५ श्रावण, काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको कारोवार मुल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तोलामा नै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनको मुल्य पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रतितोला १२..

बजेट परिचालनमा प्रदेश–१ सरकार सफलः खुद बजेटको ९९.४२ प्रतिशत खर्च

९ श्रावण, विराटनगर । प्रदेश–१ सरकारले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद बजेटको ९९ दशमलव ४२ प्रतिशत खर्च गर्न सफल भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले दिएको जानकारी अनुसार प्रदेशको खुद आम्दानी रु ३० अर्ब छ करोड ६७ लाख ६३ हजार ९४५ मा सिमीत हुँदा रु २९ अर्ब ८९ करोड १० लाख १३ हजार ४०५ रुपैयाँ खर्च भएको हो । प्रदेश–१ सरकारले रु ४२ अर्ब २० करोड ४ लाख..

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव अनिश्चित

८ श्रावण, काठमाण्डौँ । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा अनिश्चित भएको छ । सरकारले महासंघको साधारणसभा गर्ने स्वीकृति दिन ढिलाई गरेको भन्दै महासंघले श्रावण २६ र २७ गतेका लागि घोषणा गरिएको साधारणसभा स्थगित गरिएको महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो । महासंघको आज बसेको कार्यसमिति बैठकले मन्त्रिपरिषद्बाट स्वीकृत भएको १५ दिनभित्र साधारणसभा बोलाउनेगरी घोषित साधारणसभा स्थगित गर्ने निर्णय गरेको बताईएको छ । तर मन्त्रिपरिषद्को निर्णय अनिश्चित रहेकोले महासंघको चुनाव पनि अनिश्चित..

झापाको मेचीनगर नगरपालिकामा प्रदेशकै सवैभन्दा कम बेरुजु

८ श्रावण, झापा । महालेखा परीक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रदेश १ मा सवैभन्दा कम बेरुजु झापाको मेचीनगर नगरपालिकाको देखिएको छ । मेचीनगरको वेरुजु प्रतिशत शून्य दशमलव ०३ प्रतिशत मात्र छ । मेचीनगर नगरपालिकाको २ अर्व ६४ करोड ३१ लाख २ हजारको लेखा परीक्षण गर्दा ८ लाख ९३ हजार वेरुजु देखिएको हो । झापाको १५ स्थानीय तह मध्ये गौरादह नगरपालिकाको सबैभन्दा धेरै बेरुजु देखिएको छ । गौरादह नगरपालिकामा..

एनआईसीको लकडाउन कोशेलीः तीन सुपर चामत्कारिक कर्जा योजना

२ श्रावण, झापा । एनआईसी एसिया बैंकले न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चामत्कारिक कर्जा योजनाहरु सार्वजनिक गरेको छ । बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा घर कर्जा, सवारी कर्जा र ब्यवसाय कर्जा उपलब्ध गराउने र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको जनाइएको छ । आज एनआईसी एसिया बैंकको क्षेत्रिय कार्यलय दमक झापाले पत्रकार सम्मेलनको आयोजना गरी ३ महत्वपूर्ण योजनाहरु सार्वजनिक गरेको..