अहिलेसम्म पनि ३५ स्थानीय तहले बजेट ल्याउन सकेनन् (नाम सहित)

अहिलेसम्म पनि ३५ स्थानीय तहले बजेट ल्याउन सकेनन् (नाम सहित)


२५ कार्तिक, काठमाण्डौँ । चालू आर्थिक वर्ष २०७७÷७८ सुरु भएको चौंथो महिना बित्त लाग्दा समेत ३५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन ।

कानून अनुसार १० असारभित्रै स्थानीय सरकारको बजेट ल्याउनु पर्ने थियो । यसरी बजेट ल्याउन ढिलाइ गरेका ३५ स्थानीय सरकारसँग संघीय सरकारले स्पष्टीकरण सोधेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयमा बजेट नल्याउने र संघमा विवरण नपठाउने स्थानीय तहलाई नेपाल सरकारले प्रदान गर्ने अनुदान रोक्न सक्ने व्यवस्था रहेको समेत स्मरण गराएको छ ।

बजेट ल्याउन नसकेका स्थानीय तहहरु-

गाउँपालिकाः-
संखुवासभाः भोटेखोला
तेह्रथुमः मेन्छयायेम
सप्तरीः छिन्नमस्त, राजगढ र महादेवा
सिराहाः अर्नमा, औरही, नवरनजपुर र लक्ष्मीपुर पतारी
धनुषाः धनौजी
महोत्तरीः साम्सी
रौतहटः यमुनामाई
पर्साः जगरनाथपुर, पकाहा मैनपुर, सखुवा प्रसौनी, ठोरी र जिराभवानी
रामेछापः लिखु तामाकोशी
रसुवाः आमाछोदिङमो

नगरपालिका-
सिराहाः सप्तकोशी, कल्याणपुर र मिर्चैया
धनुषाः गठेशमान चारनाथ, कमला र मिथिला विहारी
रौटहटः राजदेवी, इशनाथ, देवाही गोनाही, परोहा, फतुवा विजयपुर, बौधीमाई र वृन्दावन
बाराः सिम्रौनगढ
पर्साः पोखरिया
बाजुराः बढीगंगा

 

-स्रोतः अनलाईन खबर

प्रतिक्रिया:

सम्बन्धित खवर