सेयर बजारमा उत्साहजनक कारोबार, आधा घण्टामै ४० अंकले बढ्यो नेप्से परिसूचक

सेयर बजारमा उत्साहजनक कारोबार, आधा घण्टामै ४० अंकले बढ्यो नेप्से परिसूचक


१० मंसिर, काठमाण्डौँ । आज सेयर बजारमा उत्साह छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले उकालो लागेको छ ।

बजार खुलेसँगै सेयर बजारमा उत्साह थपिएको छ । आज ११ बजेर २८ मिनेट जाँदा ४० दशमलव ७८ अंकले बजार उकालो लागेको थियो । यद्यपि, ११ बजेर ३० मिनेट जादा नेप्से परिसूचक ३९ दशमलव ७५ अंकले बढेर १ हजार ८ सय ४९ दशमलव ८६ अंकमा पुगेको छ ।

कारोबार रकम भने यतिबेलासम्म ६६ करोड रुपैयाँ भन्दा धेरै भएको छ । यस अवधीमा सबै भन्दा धेरै वृद्धि हुनेमा व्यापार समूह देखिएको छ । व्यापार समूह ८.०९ प्रतिशत अर्थात १८३ दशमलव ६३ अंकले बढेको छ ।

यस अघि मंगलबारको कारोबारमा नेप्से परिसूचक २९ दशमलव ६८ अंकले बढेर १ हजार ८ सय १० दशमलव ११ अंकमा पुगेको थियो ।

नेप्से परिसूचक लामो समय पछि १ हजार ८ सय माथि पुगेको हो । कारोबार रकम करिब साढे ५ अर्ब रुपैयाँ नाघेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर