अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त

अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त


६ कार्तिक, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त हुनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र राजनीतिमा शास्त्रमा स्नातकोत्तर, फिलिपिन्सको एटिनियो डि मनिला युनिभरसिटीबाट संञ्चारमा स्नातकोत्तर, नर्वेको युनिभरसिटी अफ अस्लो समर स्कूलबाट मिडिया स्टडिजमा पोष्ट ग्राजुएट गर्नुभएका केसी पत्रकारितौ पिएचडी अध्ययनरत हुनुहुन्छ ।

उहाँसंग कान्तिपुर टेलिभिजनलगायत विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ । सेन्टर फर मिडिया रिसर्च नेपालका पूर्वअध्यक्ष भइसकेका केसी यसअघि राष्ट्रिय पुनःर्निमाण प्राधिकरणमा मिडिया एण्ड कम्युनिकेसन प्रमुखमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया:

सम्बन्धित खवर