अर्थ

पेट्रोलियम पदार्थको मूल्य आजबाट घट्दैः पेट्रोलमा ११ रुपैँया, डिजेल र मट्टितेलमा ५ रुपैयाँ घट्ने
२८ असोज, काठमाण्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार आज (आईतबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ११ रुपैँया, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटेको निगमले बताएको छ ।

‘मनी लाउण्डरिङ्ग’ विधेयक संसदीय समितिबाट पारित
२४ असोज, काठमाण्डौँ । कानून, न्याय तथा मानव अधिकार समितिले सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । उपसिमितिले आज बुझाएको प्रतिवेदन समितिले संशोधनसहित पास गरेको हो । समिति सभापति विमला सुवेदीका अनुसार सहकारी ऐन, २०७४ को दफा ५२ (दफा १८ को उपदफा २ झिक्ने)मा व्यक्तिगत वचतको अधिकतम सीमा २५ लाख हुने प्रस्ताव हटाइएको छ । साथै क्यासिनो सञ्चालनको..

मौद्रिक नीति र बैंकले तोकेको ब्याजदरमा सरकारले हस्तक्षेप गर्नुपर्ने मन्त्रीपरिषदमा प्रस्ताव
२० मंसिर, काठमाण्डौँ । मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या पारेको भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव मन्त्रीहरुले गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव राखेको गृहमन्त्रालय सचिवालय स्रोतले जानकारी दिएको छ । सरकारले यस विषयमा निकास ननिकाले उद्योग, व्यवसाय र..

निर्वाचनको प्रभावः बैंकिङ प्रणालीमा एकै दिन १६ अर्ब निक्षेप थपियो
२ मंसिर,, काठमाण्डौँ । चुनावको बेला हुने खर्चले अर्थतन्त्र चलायमान बनाउँने र आर्थिक वृद्धिदरमा समेत टेवा दिने गरेको विगतका चुनावमा भएको आर्थिक वृद्धिले देखाउँछ । यसको एउटा सूचक बैंकमा नयाँ निक्षेप थपिनु हो । बैंकिङ प्रणालीमा एकै दिन १६ अर्ब रूपैयाँ आएको छ । मंगलबारसम्म ५१ खर्ब ६८ अर्ब निक्षेप रहेकोमा बुधबार १६ अर्बले बढेर ५१ खर्ब ८४ अर्ब पुगेको छ । वाणिज्य बैंकमा मात्रै १३ अर्ब थिपएको हो ।..

झापाको बिर्तामोडबाट शंकास्पद् दुई वटा ट्रक नियन्त्रणमा, अनुसन्धानका लागि काठमाडौं पठाइयो
१ भाद्र, झापा । झापाको बिर्तामोडबाट सशस्त्र प्रहरीले शंकास्पद् दुई वटा ट्रकलाई नियन्त्रण लिएको छ । नियन्त्रणमा लिएको ट्रक अनुसन्धानका लागि काठमाडौं पठाइएको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प शनिश्चरेले जनाएको छ । शनिश्चरेको टोलीले मंगलवार राती साढे ८ बजे बिर्तामोड–५ स्थित पाथीभरा टोलबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको थियो । भन्सार छलेर ल्याइएको २ वटा ट्रकमा थान कपडा हुन सक्ने शंका गरिएको छ । ट्रकबाट अनलोड गर्दै गरेको अवस्थामा..

मेची यातायात व्यवस्था कार्यालयले ८६ करोड राजस्व सङ्कलन गर्यो
२० श्रावण, झापा । मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रू ८६ करोड रुपैया रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल रू ८६ करोड ११ लाख सात हजार ६२४ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिनुभयो । कार्यालयले यातायात क्षेत्रको आम्दानीअन्तर्गत रू तीन करोड ३१ लाख ६३ हजार, सवारी साधन करवापत रू ६० करोड ५० लाख २६ हजार २८१, व्यवसाय रजिष्ट्रेशन दस्तुरवापत रू..

अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिदैँ
१० श्रावण, काठमाण्डौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानिबन समितिको बैठक आज बिहान बस्दैछ । बिहान ८ बजे तय गरिएको बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । ‘प्रहरीको सिलबन्दी फरेन्सिक रिर्पाेट आइपुगेको छ । बिहान बस्ने बैठकमा समिति सदस्यहरूले सिलबन्दी तोडेर अध्ययन गर्नुहुनेछ,’ सचिव अर्यालले भने । सिलबन्दी रिपोर्ट लिखित मात्रै छ कि सीसीटिभी फुटेज नै छ भन्नेबारे..

इलामका स्थानिय तहमध्ये माङ्सेबुङ गाउँपालिकाको सबैभन्दा कम बेरुजु
५ भाद्र, इलाम । इलाम जिल्लामा सबैभन्दा कम बेरुजु माङ्सेबुङ गाउँपालिकाको महालेखा परिक्षकको प्रतिवेदनले जनाएको छ । महालेखाको प्रतिवेदन अनुसार माङ्सेबुङको आर्थिक बर्ष २०७६/०७७ को बर्षिक परिक्षणमा २.०९ प्रतिशमात्र बेरुजु पाईएको हो । लेखा परिक्षण भएको कुल ७० करोड १४ लाख २६ हजार रुपैयामा १ करोड ४६ लाख ५९ हजार रुपैयाँ अर्थात २.०९ प्रतिश मात्र बेरुजु देखिएको छ । यस्तै इलामका १० स्थानिय तहहहरुमा सूर्याेदय नगरपालिकाको २.६१ प्रतिशत, इलाम नगरपालिकाको..

सातै प्रदेश सरकारले आज बजेट प्रस्तुत गर्दै
१ असार, काठमाण्डौँ । सातै प्रदेश सरकारले आज आआफ्ना प्रदेशसभा समक्ष आर्थिक बर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै छन् । कोरोना महामारी नियन्त्रण, स्वास्थ्य पूर्वााधार विकास र आर्थिक पुनरुत्थानको कार्यक्रम बजेटको मुख्य प्राथमिकता रहेको प्रदेशहरुको नीति तथा कार्यक्रममा उल्लेख छ । यसबाहेक प्रदेशहरुको भूगोल तथा आ–आफ्नै विशेषता अनुरुपका मौलिक कार्यक्रमका लागि समेत बजेट विनियोजन गर्ने बताइएको छ । सातवटै प्रदेशका अर्थमन्त्रीले बार्षिक आय–व्यय प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यक्रम छ । प्रत्येक..

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
३० जेष्ठ, काठमाण्डौँ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम सभामुख पूर्णबहादुर घर्तीले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो । यसअघि मुख्यमन्त्री शङ्कर पोखरेलले आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बहुमतको निर्णयलाई प्रदेशसभाले स्वीकार नगरेको उल्लेख गर्दै कानून..