लकडाउन कार्यान्वयन गरिदिन उद्योगी व्यवसायीलाई कोरोना रोकथाम समिती झापाको आग्रह

२४ जेष्ठ, झापा । कोरोना भाइरस रोकथाम, उपचार तथा अनुगमन समिति झापाले जेष्ठ ३२ गतेसम्म लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न झापाका उद्योगी व्यवसायीसहित सवैमा अनुरोध गरेको छ । शुक्रवार झापाको विर्तामोडमा उद्योगी व्यवसायी, राजनीतिक दलका प्रमुख प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख संग छलफल गर्दे समितिले यस्तो आग्रह गरेको हो । समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख सोेमनाथ पोर्तेलको सभापतित्वमा भएको छलफलमा उद्योग बाणिज्य संघ मार्फत पेश भएको ज्ञापन पत्रको..

रुकुम हत्याकाण्डको विरोधमा इलामको मंगलबारेमा प्रदर्शन

२३ जेष्ठ, इलाम । नवराज विकसहित ६ जना युवाहरुको योजनाबद्ध ढंगले विभत्स हत्या गर्नेगरी पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको हत्याकाण्डको विरोधमा विहिवार इलामको देऊमाई नगरपालिकास्थित मंगलबारे बजारमा विरोध प्रदर्शन भएको छ । पश्चिम रुकुम हत्याकाण्ड संयुक्त संघर्ष समिति, देऊमाई नगरपालिकाले आयोजना गरेको विरोध प्रदर्शनमा सयौंको उपस्थित रहेको थियो । विरोध प्रदर्शनमा सहभागिहरुले पींडितलाई न्याय दे, हत्यारालाई कारबाही गर, संविधानको कार्यान्वयन गर, जातीय विभेदको अन्त्य गर..

झापाको कचनकवल र मेचीनगरमा सेना परिचालन गर्ने निर्णय

२३ जेष्ठ, झापा । झापाको सिमावर्ती क्षेत्रमा नेपाली सेना परिचालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा हिजो बिहीबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले कचनकवल र मेचीनगरमा सेना परिचालन गर्ने निर्णय गरेको हो । कचनकवल गाउँपालिकाको सुकुनाडिगीमा र मेचीनगर नगरपालिकाको काँकडभिट्टामा नेपाली सेनाको अस्थायी पोस्ट खडा गर्ने निर्णय भएको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवलको सुनुकनाडिगीस्थित लक्ष्मीप्रसाद देवकोटा मा.वि.को क्वारेनटाइनको व्यवस्थापन..

म्यानमारबाट नेपाली आइपुगे २६ नेपाली

२३ जेष्ठ, काठमाण्डौँ । लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका छन् । आज बिहान म्यानमारबाट २६ जना नेपाली स्वदेश आएका हुन् । विमानस्थल कार्यालयका अनुसार आज विहान पौने ११ बजे म्यानमार एयरफोर्सको जहाज नेपाली ल्याएर आएको हो । म्यानमारले सरकार आफ्नै खर्चमा यी नेपाली ल्याइदिएको हो । म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगिएको छ । होल्डिङ सेन्टरमा राखिएपछि उनीहरुलाई तोकिएको क्वारेन्टिनमा..

धरान १५ मा आगलागी, जलेर आमा छेरीको मृत्यु

२२ जेष्ठ, सुनसरी । सुनसरीको धरान १५ स्थित एक घरमा भएको आगलागीमा परेर वृद्ध आमासहित २ जनाको जलेर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घरमा बस्दै आएकी वृद्ध आमा र छोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ बर्षीय वृद्धा धनमाया श्रेष्ठ र उनकी ५८ बर्षीय छोरी सीता श्रेष्ठ रहेकी छिन् । छोरी श्रेष्ठ केही सुस्त मनस्थिति भएको बताइएको छ । घरमा आमा..

लक डाउनमा पनि भारतबाट भित्रिदै अबैध सुर्ती

२२ जेष्ठ, झापा । झापाको गौरीगञ्ज १ कुञ्जीबारीमा भारतबाट तस्करले भित्र्याएको एक बोरा प्रतिबन्धित सूर्ती स्थानीयले बरामद गरेर प्रहरीमा बुझाएका छन् । स्थानीय युवा बसन्त राजवंशीसहितको युवाहरुको समुहले एक घरबाट बरामद गरेको सूर्ती स्थानीय प्रहरी चौकी कुञ्जीबारीमा बुझाएका स्थानीय खगिन काफ्लेले जानकारी दिनुभयो । त्यहाँ एक बोरा सुर्ति बरामद भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कोमल ठाकुरले पुष्टि गर्नुभयो । आजै दिउँसो सूर्ति बरामद भएकाले त्यसका बारेमा आवश्यक अनुसन्धान शुरु..

प्रदेश सांसद झोवा विकको संघर्षका कथा

२० जेष्ठ, काठमाण्डौँ । ‘सभामुख महोदय ! मेरो हातमा किताब छैन, पढ्न पनि सक्दिनँ, नपढेर आएँ । केही भन्न सक्छु या सक्दिनँ। सिद्धान्त र प्राथमिकतामा त दलित, महिला, पछाडि परेका, दूरदराजका कुरा समेटिएको छ । यो किताबमा मात्र समेटिने हो कि काम पनि गर्ने हो ? २०७७ मा के हुन्छ थाहा छैन, २०७६ कोमा त केही भएको थिएन ।’ प्रदेश सभाको छैठौं अधिवेशनमा कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको प्रदेश विनियोजन..

लकडाउनको नयाँ मोडालिटी तयार गर्न उच्चस्तरीय समिति निरन्तर छलफलमा

२० जेष्ठ, काठमाण्डौँ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा अहिले पनि जारी छ । लकडाउन खुकुलो बनाउने या विकल्प खोज्ने भन्ने विषयमा छलफल गर्न समितिको बैठक बसेको हो । लकडाउन खुकुलो पार्नेगरि मोडालिटी तयार पार्न समितिले आज उद्योगपति तथा व्यवसायीहरुसँग छलफल गरेको थियो । स्रोतका अनुसार अहिले विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुसँग समितिले छलफल गरिरहेको छ ।..

झापाको गैरीगञ्जमा भारतबाट आउने नेपालीको संख्या बढेपछि क्वारेन्टाईन स्थल थपिदैँ

२० जेष्ठ, झापा । झापाको गौरीगंज गाउँपालिकाले थप २ स्थानमा क्वारेन्टाइन स्थापना गर्ने भएको छ । रोजगारी तथा अध्ययनका सिलसिलामा भारत गएका नेपालीहरूको घर फर्कने क्रम बढेपछि उनीहरूको व्यवस्थापनका लागि थप दुई स्थानमा क्वारेन्टाइन स्थापना गर्न गाउँपालिकाको सोमवार बसेको बैठकले निर्णय गरेको हो । गौरीगंज गाउँपालिकाको वडा नं. ५ र ६ का लागि वडा नं. ६ खजुरगाछीमा रहेको खजुरगाछी मा.वि. र वडा नं. १ र २ का लागि वडा नं...

सामाजिक दुरी कायम गरेर दमक–चिसापानी–रवि सडकको काम धमाधम, उपोभोक्ता समितीद्धारा अनुगमन

१९ जेष्ठ, इलाम । विश्वमहामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनिकरणका नेपालमा गत चैत्र ११ गते देखी नै लकडाउन जारी गरिएको छ । लकडाउन जारी भएपछि करिव ३ महिना यता विकाश निर्माणका कामहरु समेत ठप्प भएको अवस्थामा झापाको दमक देखी पाँचथरको रवि जोड्ने ‘दमक–चिसापानी–रवि’ सडकको निर्माण कार्य भने सामाजिक दुरी कायम गर्दे जारी राखिएको छ । प्रस्तावित फाल्गुनन्द मार्गमा काम गर्ने कामदारहरु विच सामाजिक दुरी कायम गरेर अहिले..