रेलमार्गका लागि झापा, मोरङ र सुनसरीमा जग्गा अधिग्रहणको प्रक्रिया सुरु

२७ जेष्ठ, झापा । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत झापाको काँकडभिट्टा–इनरुवा खण्डको १ सय ६ किलोमिटर लामो रेलमार्गका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । रेलमार्ग निर्माणका लागि झापा, मोरङ र सुनसरी जिल्ला भित्रका लगभग ४ हजार कित्ता अर्थात करिब ६ सय ७३ बिघा १८ कठ्ठा जमिन अधिग्रहणको कार्य अघि बढाईएको हो । जसमा सबैभन्दा बढी झापामा ३ सय ३ बिगाह, मोरङमा २ सय ३० बिगाह र सुनसरीमा १ सय..

रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या, हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ

२७ जेष्ठ, रुपन्देही । रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिजापती पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेत बस्ने वर्ष ३१ को झसेन्द्र सिजापती रहेको पाँच नम्बर प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिनुभयो । धानुकले एसएसपी राजकुमार बैदवारको नेतृत्वमा अनुसन्धान टोली समेत गठन गरिएको बताउनुभयो । उहाँले हत्या किन र कसरी भएको..

प्रतिपक्षले राम्रो भन्नै नहुने, प्रतिपक्षको राम्रो कुरा पनि सुन्नै नहुनेः कृषिमन्त्री भुषाल

२६ जेष्ठ, काठमाण्डौँ । कृषिमन्त्री घनश्याम भुषालले सरकारप्रति घुमाउरो ढंगले असन्तुष्टि जनाउनुभएको छ । कृषि मन्त्रालयको बजेट विनियोजनमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै कृषिमन्त्री भुषालले संसदीय प्रणाली र मन्त्रिमण्डलमा देखिएको अनावश्यक औपचारिकताका कारण यो प्रणाली नै ध्वस्त भएको बताउनुभयो । सांसद प्रदीप गिरिको प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो–‘हामी संसदीय प्रणालीभित्र निकै औपचारिक भयौं । प्रतिपक्षले सत्तापक्षलाई राम्रो भन्नै नहुने, सत्तापक्षले प्रतिपक्षको राम्रो कुरा पनि सुन्नै नहुने भयो । त्यस्तैगरी मन्त्रिमण्डलमा..

वैज्ञानिक वन व्यवस्थापनमा मन्त्रालयको कुनै सहभागिता नभएको वनमन्त्री बस्नेतको दावी

२६ जेष्ठ, काठमाण्डौँ । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वैज्ञानिक वन व्यवस्थापनमा मन्त्रालयको कुनै सहभागिता नरहेको दावी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयमाथी सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बस्नेतले वैज्ञानीक वन व्यवस्थापनमा अनियमितता भएको कुरा आएको तर यसमा संघीय सरकार र मन्त्रालयको कुनै सहभागिता नरहेको दावी गर्नुभयो । वैज्ञानिक वन व्यवस्थापनको विषयमा सांसदहरुले मेचीदेखि महाकालीसम्म २८ अर्ब रुपैयाँ बराबरको ५६ लाख क्वीफिट..

अर्को बर्ष नेपालको झण्डा फहराउँदै जयनगर–जनकपुर रेल गुड्छः यातायात मन्त्री नेम्वाङ

२६ जेष्ठ, काठमाण्डौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङले आगामी आर्थिक वर्ष २०७७/०७८ मा नेपालको झण्डा फहराउँदै जयनगर–जनकपुर रेल गुड्ने जिकिर गर्नुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा सांसद्हरुले आफ्नो मन्त्रालय माथी उठाएको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले काठमाडौं केरुङ, काठमाडौं रक्सौल रेलमार्ग डिपिआर तयारका लागि छिमेकी मुलुक भारत र चीनसँग सम्झौता गरेर अगाडि बढाइएको जानकारी दिनुभयो । ‘आउने वर्ष २०७७/७८ भित्र नेपालको झण्डा फहर्याएर जयनगरबाट जनकपुर रेल..

नेपाली भूमि फिर्ता ल्याउन मन्त्रालयले काम गरिरहेको छः मन्त्री अर्याल

२६ जेष्ठ, काठमाण्डौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालका केही भूभाग भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासबाट फिर्ता ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उहाँले अन्तराष्ट्रिय सिमा सम्बन्धी समस्या समाधान गर्न दुवै देशका प्राविधिक सम्मिलित संयुक्त सीमा कार्य समूहले काम गरिरहेको बताउनुभयो । द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत मात्र सिमा सम्वन्धी समस्या समाधान गर्न सकिने उहाँले दोहोर्याउनुभयो..

मेलम्ची आयोजनाको बरेमा उठ्ने प्रश्नहरुको निराकरण अव चाडै हुन्छः खानेपानी मन्त्री मगर

२६ जेष्ठ, काठमाण्डौँ । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना अव चाडैँ सम्पन्न हुँने बताउनुभएको छ । आज प्रतिनिधिसभामा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले अव चाडैँ नै मेलम्ची खानेपानी आयोजना कहिले सकिएला भन्दै उठ्ने प्रश्नको जवाफ आउने बताउनुभएको हो । उहाँले देरैभरी नै खानेपानी योजनाहरुको काम दु्रत गतिमा भईरहेको बताउनुभयो । विशेष गरी मधेशमा आर्षनिक युक्त खानेपानी व्यवस्थावनका लागि कामहरु सुरु भईसकेको बताउनुभयो ।

नेपालमा मृत्युदण्ड निषेध छ, कानून बनाउन मिल्दैन, संविधानलाई ख्याल गरौँः कानूनमन्त्री तुम्बाहाङ्फे

२६ जेष्ठ, काठमाण्डौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालमा बलात्कारीलाई मृत्युदण्ड दिने गरी कानून बनाउन नसकिने बताउनुभएको छ । यो संविधान विपरित हुने समेत उहाँले स्पष्ट पार्नुभएको छ । ऋाज प्रतिनिधिसभामा आफ्नो मन्त्रालयअन्तर्गत सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उहाँले नेपालको संविधानले नै मृत्युदण्ड माथि निषेध गरेको सांसहरुलाई सुझाउनुभएको छ । छलफलमा केही सांसदले बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्थासहितको कानून माग गरेपछि कानुनमन्त्री तुम्बाहाङ्फेले भन्नुभयो–‘यस्ता कुरा उठान गर्दा..

सरकारको नीतिः लकडाउन कायम राख्दै आर्थिक क्रियाकलाप सञ्चालन गर्नेे

२५ जेष्ठ, काठमाण्डौँ । देशभर कोरोना भाईरस (कोभिड १९) का संक्रमितहरु बढिरहेको अवस्थामा सरकारले तत्काललाई लकडाउनलाई नै निरन्तरता दिँदै त्यसभित्र सहजता खोज्ने नीति अपनाउने भएको छ । त्यसका लागि कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले तयार पारेको ‘बन्दाबन्दी भित्रको सहजता’ मस्यौदामा समितिका सदस्य समेत रहेका मन्त्रीहरुले अध्ययन गरेर आइतबारसम्म परिमार्जन गर्नुपर्ने भएमा थप सुझावहरु पेश गर्नेछन् । समितिले तयार पारेको उक्त मस्यौदामाथि हिजो बसेको उच्चस्तरीय समितिमा छलफल भएपनि केही..

रामसार क्षेत्रमा सुचिकृत इलामको माइपोखरीमा पूर्वाधार निर्माणको कामले तिब्रता पायो

२३ जेष्ठ, इलाम । रामसार क्षेत्रमा सुचिकृत पूर्वी पहाड इलामको माईपाखेरीमा पर्यटन पूर्वाधार निर्माणको कामले तिब्रता पाएको छ । सन् २००८ मा माइपोखरी विश्व रामसार सुचीमा सुचिकृत भएको थियो । रामसार क्षेत्रमा सुचिकृत भएपछि ५ वर्षे गुरुयोजना बनाइएपनि आर्थिक श्रोत अभावले कार्यान्वयन हुन सकेको थिएन । तर संघीय सरकारले घुम्नैपर्ने सय पर्यटकीयस्थलमा घोषणा गरेपछि पूर्वाधार र संरक्षणको कामका लागि बजेट प्रदान गरेसँगै अहिले पर्यटन पूर्वाधार र संरक्षणका काम धमाधम भइरहेको..