झापाको गैरीगञ्जमा भारतबाट आउने नेपालीको संख्या बढेपछि क्वारेन्टाईन स्थल थपिदैँ

झापाको गैरीगञ्जमा भारतबाट आउने नेपालीको संख्या बढेपछि क्वारेन्टाईन स्थल थपिदैँ

२० जेष्ठ, झापा । झापाको गौरीगंज गाउँपालिकाले थप २ स्थानमा क्वारेन्टाइन स्थापना गर्ने भएको छ ।

रोजगारी तथा अध्ययनका सिलसिलामा भारत गएका नेपालीहरूको घर फर्कने क्रम बढेपछि उनीहरूको व्यवस्थापनका लागि थप दुई स्थानमा क्वारेन्टाइन स्थापना गर्न गाउँपालिकाको सोमवार बसेको बैठकले निर्णय गरेको हो ।

गौरीगंज गाउँपालिकाको वडा नं. ५ र ६ का लागि वडा नं. ६ खजुरगाछीमा रहेको खजुरगाछी मा.वि. र वडा नं. १ र २ का लागि वडा नं. २ कोरोवारीमा रहेको ऋश्चियन विद्यालयमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले यस अघि नै वडा नं. ६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन र गौरीगंज बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरि सकेको छ ।

क्वारेन्टाइनलाई व्यवस्थित र सुरक्षित बनाउन थप बजेटका लागि प्रदेश सरकारसंग सहयोग माग गर्ने वैठकमा निर्णय भएको जनाईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर