धरान १५ मा आगलागी, जलेर आमा छेरीको मृत्यु

धरान १५ मा आगलागी, जलेर आमा छेरीको मृत्यु

२२ जेष्ठ, सुनसरी । सुनसरीको धरान १५ स्थित एक घरमा भएको आगलागीमा परेर वृद्ध आमासहित २ जनाको जलेर मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घरमा बस्दै आएकी वृद्ध आमा र छोरीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ बर्षीय वृद्धा धनमाया श्रेष्ठ र उनकी ५८ बर्षीय छोरी सीता श्रेष्ठ रहेकी छिन् । छोरी श्रेष्ठ केही सुस्त मनस्थिति भएको बताइएको छ । घरमा आमा छोरी माथिल्लो तलामा बस्दै आएका थिए । आगलागीको खास कारण भने अझै खुल्न नसकेको पनि डिएसपी न्यौपानेले बताउनुभयो ।

प्रहरीका अनुसार आगलागि भएको घर पुर्वप्रहरी अधिकृत(इन्स्पेक्टर) नरबहादुर श्रेष्ठको पुरानो घर हो । श्रेष्ठ परिवार भने अर्काे घरमा बस्दै आएका छन् । आमा छोरी बसेको घरको माथिल्लो तला काठको थियो । माथिल्लो तला पुर्णरुपमा जलेको छ ।

बिहान ८ः १५ बजे सुरु भएको आगो धरानका दुई र इटहरीको एक दमकलले निभाएका थिए । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर