२० जेष्ठ, काठमाण्डौँ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक सिंहदरबारमा अहिले पनि जारी छ ।
लकडाउन खुकुलो बनाउने या विकल्प खोज्ने भन्ने विषयमा छलफल गर्न समितिको बैठक बसेको हो ।
लकडाउन खुकुलो पार्नेगरि मोडालिटी तयार पार्न समितिले आज उद्योगपति तथा व्यवसायीहरुसँग छलफल गरेको थियो ।
स्रोतका अनुसार अहिले विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुसँग समितिले छलफल गरिरहेको छ ।
समितिले छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउनको नयाँ मोडालिटी प्रस्ताव गर्ने तयारी गरेको छ ।