२३ जेष्ठ, इलाम । नवराज विकसहित ६ जना युवाहरुको योजनाबद्ध ढंगले विभत्स हत्या गर्नेगरी पश्चिम रुकुम जिल्लाको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको हत्याकाण्डको विरोधमा विहिवार इलामको देऊमाई नगरपालिकास्थित मंगलबारे बजारमा विरोध प्रदर्शन भएको छ ।
पश्चिम रुकुम हत्याकाण्ड संयुक्त संघर्ष समिति, देऊमाई नगरपालिकाले आयोजना गरेको विरोध प्रदर्शनमा सयौंको उपस्थित रहेको थियो । विरोध प्रदर्शनमा सहभागिहरुले पींडितलाई न्याय दे, हत्यारालाई कारबाही गर, संविधानको कार्यान्वयन गर, जातीय विभेदको अन्त्य गर लगायतको नारासहित बजार परिक्रमा गरेर चोकमा बजारमा विरोधसभा सम्पन्न गरेको थियो ।
विरोध प्रदर्शनमा दलित अधिकारकर्मी एवं नेकपा इलामका कार्यालय सचिव नवराज शंकर, रुकुम हत्याकाण्ड संयुक्त संघर्ष समिति देऊमाईका संयोजक टिका परियार, मंगलबारे उद्योग वाणिज्य संघका उपाध्यक्ष मानबीर ल्वागुन, उत्पीडित वर्ग उत्थान नगर समन्वय समितिका अध्यक्ष टिकाराम बराईली, सचिव राजु दुधराज, दलित अधिकारकर्मी सीता ल्वागुन, भक्त दुधराज, लोकेन्द्र दुधराज लगायतको उपस्थिति रहेको थियो ।