समाज

जोगमाई खोलामा निर्मित पक्की पुलको उद्धघाटन
२६ असार, इलाम । इलामको माईजोगमाई गाउँपालिका २ को जोगमाई खोलामा रु २ करोड ६७ लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको पक्की पुलको उद्धघाटन गरिएको छ । प्रदेश–१ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर र प्रदेश सांसद खिनु लङ्वा लिम्बुले जोगमाई खोलामा निर्माण सम्पन्न भएको १६ मिटर लामो पुल उद्धघाटन गर्नुभएको हो । झापाको मैनाचरी कन्स्ट्रक्सन प्रा.लि.ले पुल ३ बर्ष अघि निर्माण थालेको थियो । कार्यक्रममा बोल्दै..

सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च, सर्तक रहन आग्रह
२६ असार, सुनसरी । सप्तकोशी नदीमा पानीको वहाव यो वर्षकै उच्च भएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरेको छ । कन्ट्रोल रुमले तमोर नदी मुलघाट, धनकुटामा जलसतहले सतर्कता पार गरेको र बढ्दो अवस्थामा रहेको जनाएको छ । कोशी नदी चतरामा सतर्कता नजिक रहेको र सतर्कता पार गर्ने सक्ने, सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा बढी सतर्कता अपनाउनु पर्ने जानकारी दिइएको गराएको हो । हिजो देखी..

भद्रपुर नगरपालिकामा बाल मैत्री स्थानीय शासन सम्बन्धी १४ चरण पूरा
२६ असार, झापा । प्रदेश–१ कै पहिलो र देशकै पाँचौँ बाल मैत्री स्थानीय शासनउन्मूख भद्रपुर नगरपालिकाले बाल मैत्री स्थानीय शासन सम्बन्धी १४ चरण पूरा गरेको छ । पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान सुरु गरेको दुई वर्षमा भद्रपुरले १४ चरण पूरा गरेको आज बाल मैत्री स्थानीय शासन नगर समितिको बैठकमा जानकारी गराइएको छ । समितिका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा अभियानका संयोजक दिपक पाण्डेले बाल मैत्री अभियानका क्रममा भएका..

सराङकोट पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुग्यो
२६ असार, कास्की । पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उहाँका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, ६ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी..

कोरोना संक्रमित फेला परेपछि झापाको गौरादह क्षेत्र सिल
२३ असार, झापा । झापाको गौरादह नगरपालिकामा एकजना दीर्घ रोगीमा कोरोना संक्रमण पुष्टि भएपछि आसपासको क्षेत्र सिल गरिएको छ । उपचारको क्रममा काठमण्डौ लगिएको एक महिलामा कोरोना पोजेटिभ देखिएपछि नगरपालि क्षेत्र सिल गरिएको जनाईएको छ । नगरपालिकाले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत एक सुचना जारी गर्दे सो जानकारी गराएको हो । गौरादह १ की ६८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । अर्काे सूचना जारी नभईन्जेल सम्म..

आज थपिए १ सय ८० जना कोरोना संक्रमित
२२ असार, काठमाण्डौँ । आज थप १ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन् । योसहित आजसम्म कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबारको नियमित..

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५ हजार ७८४ पुग्यो
२१ असार, काठमाण्डौँ । नेपालमा आज दुई सय ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । आजसँगै लगातार दुई दिन संक्रमित वृद्धिदर दुई सयको लाइनमा रहेको छ । यसअघि ७ सयको लाइनमा संक्रमित थपिएको तथ्यांक थियो । नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका..

नयाँ आइजिपीको लागि दौडधुप सुरुः थापा र पालमध्ये कसले बाजी मार्ला ?
२० असार, काठमाण्डौँ । नेपालमा राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा अधिकांश प्रहरी प्रमुख चयन भएका छन् । असार २४ गतेदेखि वर्तमान प्रमुख ठाकुरप्रसाद ज्ञवाली उमेरहदका कारण अनिवार्य अवकास हुँदैछन् । र अबका प्रहरी प्रमुख को बन्ला भन्ने चासो बढेको छ । गत माघमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त भएका ज्ञवालीले आगामी असार २५ गते अनिवार्य अवकाश पाउने मिति नजिकिँदै गर्दा ज्ञवालीको उत्तराधिकारी हुने दौड प्रहरीभित्र सुरू भएको हो । नेपाल प्रहरी..

झापा र सुनसरीबाट लागूऔषध सहित पाँच जना पक्राउ
२० असार, झापा । झापा र सुनसरीबाट लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक–५ मा डेरा गरी बस्दै आएका ३ जना लागुऔषध खैरोहिराईन बाउनसुगर सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दमक–९ का ३२ बर्षीय रबिन कुँवर, इलाम घरभई दमक–५ मा बस्ने १९ बर्षीया मनिसा राई र ताप्लेजुङ घरभई दमक–८ बस्ने २२ बर्षीया सम्झना राई श्रेष्ठ रहेका छन । विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय..

पशुपतिनगर नाकाबाट अवैध मल सहित तिन वटा पिकअप नियन्त्रणमा
१९ असार, इलाम । इलामको पशुपतिनगर नाका हुँदै भारतबाट अबैध रुपमा नेपाल भित्राउदैँ गरेको अवैध मल प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी लालध्वज सुबेदीले जानकारी दिनुभयो । सुचना अधिकारी सुबेदीका अनुसार प्रहरी टोलिले सुर्याेदय नगरपालिका वडा नं ३ कटेबुङमा भारतबाट आउदै गरेको बा १७ च ८४३४, मे १ च ९८६ र..