रुकुम पश्चिम घटनाको स्थलगत रिर्पाेट दमकमा सार्वजनिक, घटना ‘छुवाछुत’को परिणाम

१४ असार, झापा । रुकुम पश्चिम घटनाको स्थलगत रिर्पाेट शनिवार झापाको दमकबाट सार्वजनिक गरिएको छ । प्रदेश एकका दलित अगुवाहरुको टोलीले तयार पारेको सो रिर्पाेट शनिबार प्रधानमन्त्री केपी ओलीको गृहनगर समेत रहेको झापाको दमकमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । रिर्पाेटमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतिमा भएको सो घटना जातिय भेदभाव र छुवाछुतको परिणाम भएको निष्कर्ष निकालिएको छ । इलामका नवराज शंकर, झापाका हुकुमसिंह नेपाली, हरि पोख्रेल दर्जी..

नेकपा स्थायी कमिटी बैठकः नेपाल भारत सीमामा तारबार लगाउन माग

१२ असार, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेपाल भारत सीमामा तारबार लगाउनुपर्ने मत बलियोसँग प्रकट भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूले सीमा नियमन मात्र होइन, सिल गर्नुपर्ने धारणा समेत राखेका छन् । बैठकको सुरुमा नै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत सीमा विवादको ऐतिहासिक तथ्यसहित आफ्नो धारणा राख्नुभएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले..

नेपालमा कोरोना संक्रमित संख्या ११ हजार ७ सय ५५ पुग्यो, मुत्यु हुनेको संख्या २७ मात्र

१२ असार, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका संक्रमित सख्या ११ हजार ७ सय ५५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ सय ९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएकामा ४ सय ८६ पुरुष र १०७ जना महिला छन् । कुल संक्रमितमध्ये १० हजार ५ सय ६ जना पुरुष र १२४९ जना महिला छन् । पछिल्लो समय विदेशबाट नेपालीहरु आउने..

हलेसी तुवाचुङ नगरपालिकामा चाम्लिङ भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गरिने

११ असार, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/०७८ देखी सरकारी कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई प्रयोग गर्ने भएको छ । किरात राई (चाम्लिङ)हरुको वाहुल्यता रहेको सो नगरपालिकामा नगरको कामकाजको भाषाको रुपमा चाम्लिङ भाषालाई प्रयोग गर्नेे नीति तथा कार्यक्रम जारी गरिएको छ । सिंगो नगरपालिकामा चाम्लिङ भाषा प्रयोग गरिने छ भने वडा नं. १ र वडा नं. २ मा वम्बुले(राई) भाषालाई मान्यता दिईने छ । त्यसैगरी वडा..

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ल्यायो पहिलो पटक संचार मैत्री नीति

११ असार, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलो पटक संचार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते सार्वजनीक गरेको नीति तथा कार्यक्रममा सूचना र संचारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विभिन्न किसिमका संचार नीति ल्याएको छ । गाउँपालिकाको सातौँ गाउँ सभाको नीति तथा कार्यक्रममा पालिकाले खोटाङ जिल्लामा रहेर नियमित पत्रकारिता गरिरहेका ५५ बर्ष उमेर नाघेका पत्रकार वा पत्रकार..

भारी वर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको मृत्यु

११ असार, काठमाण्डौँ । आज बिहान भारी वर्षासँगै परेको चट्याङ्का कारण सप्तरीमा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको छुट्टाछुट्टै स्थानका चार जनाको चट्याङ्ले लागेर ज्यान गएको हो । सप्तरीको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो । प्रवक्ता भारतीका अनुसार चट्याङ् लागेर ज्यान गुमाउनेहरुमा ६० वर्षीय छेदी ठाकुर, २७..

चौरजहारी घटनाः वडाअध्यक्षसहित २३ जनालाई पूर्पक्षका लागि अदालतले थुनामा पठायो

११ असार, काठमाण्डौँ । रुकुम पश्चिम अदालतले चौरजहारी हत्याकाण्मा वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाएको छ । रुकुमपश्चिम जिल्ला अदालतले आज (बुधबार) चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । कुल ३४ जना प्रतिवादी मध्ये ५ जना फरार रहेका छन् । केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ । त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई..

मौसम पूर्वानुमानः देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम स्तरको वर्षाको हुने

११ असार, काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भूभागमा मौसम बदली भएको भन्दै हल्कादेखि मध्यम स्तरको वर्षाको हुने बताएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ । अहिले प्रदेश–१, प्रदेश–२, प्रदेश–५, सुदूर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा बर्षा भइरहेको छ । यसैगरी, पूर्वानुमानका अनुसार आज दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम..

सुनसरीका एक दर्जन स्थानीय तहले सार्वजनिक गर्यो अगामी आर्थिक बर्षको ‘बजेट नीति तथा कार्यक्रम’

११ असार, सुनसरी । सुनसरीको विभिन्न स्थानीय तहले आफ्नो अगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर तथा गाउँ सभाबाट पारित अगामी आर्थिक वर्षका लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । यसै क्रममा जिल्लाको दुई उपमहानगरपालिका धरान र इटहरीले कोरोना रोकथाम तथा नियन्त्रण गर्नेदेखी स्वरोजगार सृजना गर्नेसम्मको कार्यक्रम सहित आफ्नो अगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक..

माई नगरपालिकाको ७ औ नगरसभा सुरुः मेयर थेवेद्धारा निति तथा कार्यक्रम प्रस्तुत

१० असार, इलाम । माई नगरपालिकाको ७ औ नगरसभा आजबाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखाको सभाहलमा सुरु भएको नगरसभाको पहिलो दिन आगामी आर्थिक बर्ष २०७७÷७८ को लागि मेयर दिपककुमार थेवेले निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । निति तथा कार्यक्रमको सम्वन्धमा आज ५ जनाले आफनो धारणा राखेका छन् । उनीहरुले नगर क्षेत्रमा रहेको खाली जग्गालाई कोरोनाको संकटको अवस्थामा कुनै पनि संस्था वा सहकारीलाई समयावधि तोकेर लिजमा दिनुपर्ने..