१९ असार, इलाम । इलामको पशुपतिनगर नाका हुँदै भारतबाट अबैध रुपमा नेपाल भित्राउदैँ गरेको अवैध मल प्रहरीले बरामद गरेको छ ।
बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलिले उक्त सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी लालध्वज सुबेदीले जानकारी दिनुभयो ।
सुचना अधिकारी सुबेदीका अनुसार प्रहरी टोलिले सुर्याेदय नगरपालिका वडा नं ३ कटेबुङमा भारतबाट आउदै गरेको बा १७ च ८४३४, मे १ च ९८६ र बा १८ च ९७२ नम्बरको पिकअप गाडीहरु चेकजाच गर्दा उक्त गाडीहरुमा लुकाई छिपाई नेपाल ल्याउदै गरेको ९० बोरा याराभेरा नामको मल फेला परेको थियो ।
प्रहरीले सवारी साधन र मल बरामद गरी सवारी चालकहरुलाई आवश्यक कारवाहीका लागी भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाईएको सुचना अधिकारी सुबेदीले जानकारी दिनुभयो ।