२१ असार, काठमाण्डौँ । नेपालमा आज दुई सय ९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो ।
आजसँगै लगातार दुई दिन संक्रमित वृद्धिदर दुई सयको लाइनमा रहेको छ । यसअघि ७ सयको लाइनमा संक्रमित थपिएको तथ्यांक थियो ।
नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन् । विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन् ।
योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन् । देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ ।