जोगमाई खोलामा निर्मित पक्की पुलको उद्धघाटन

जोगमाई खोलामा निर्मित पक्की पुलको उद्धघाटन

२६ असार, इलाम । इलामको माईजोगमाई गाउँपालिका २ को जोगमाई खोलामा रु २ करोड ६७ लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको पक्की पुलको उद्धघाटन गरिएको छ ।

प्रदेश–१ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर र प्रदेश सांसद खिनु लङ्वा लिम्बुले जोगमाई खोलामा निर्माण सम्पन्न भएको १६ मिटर लामो पुल उद्धघाटन गर्नुभएको हो । झापाको मैनाचरी कन्स्ट्रक्सन प्रा.लि.ले पुल ३ बर्ष अघि निर्माण थालेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगरले पुल निर्माणले स्थानीयको आर्थिक आयआर्जनमा सहयोगी भुमिका खेल्ने बताउनुभयो ।

उहाँले जोगमाई क्षेत्रको कृषि उत्पादनलाई बजारसम्म पुर्याउनका लागि पक्की पुल बनेपछि केही सहज हुने बताउनुभयो । पुलसँगै बाटोको समेत स्तरोन्नती भएपछि यात्रामा समेत सहजता भएको मगरले बताउनुभयो । कृषि क्षेत्रलाई कसरी माथी उठाउने भन्ने बारेमा प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेर काम अघि बढाइरहेको मगरले बताउनुभयो ।

इलामबाट निर्यातको प्रमुख हिस्सा आगेटेको चियाको टेस्टिङ सेन्टर स्थापनाका लागि प्रदेश सरकारबाट बजेट बिनियोजन भएकाले चियाको समस्या केही हदसम्म समाधान हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर