समाज

भारतले नेपाललाई सांस्कृतिक रुपमा पनि अतिक्रमण गर्योः प्रधानमन्त्री ओली
३० असार, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले भन्दै आएको अयोध्या गलत भएको तर्क गर्दै वास्तविक अयोध्या नेपालमा भएको बताउनुभएको छ । अयोध्या नै नेपालमा भएको भन्दै राम पनि भारतीय नभएको बताउनुभएको छ । उहाँले अयोध्या वीरगञ्जको पश्चिमतर्फको ठोरीमा भएको र राम पनि त्यहींको भएको बताउनुभएको हो । सोमबार २०७ औं भानु जयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा भानुभक्तको बीर्खे टोपी लगाएका उहाँले..

झापामा खोलाले बगाएर आज एक जनाको मृत्यु, दुई जना बेपत्ता
२९ असार, झापा । खोलाले बगाएर झापामा आज थप एक जनाको मृत्यु भएको छ । केही दिनयताको बर्षासंगै आएको बाढीका कारण कचनकवल गाउँपालिका ३ का ३५ बर्षीय किलु टुडुको मृत्यु भएको हो । आज दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका टुडु एक्कासी लडेर खोलामा झरेका थिए । उनलाई सोही खोलाले बगाएर २०० मिटर तल पुरयाएको थियो । उनको शव फेला परेपछि प्रहरी चौकी पथरीयामा स्थानीयले जानकारी..

दुहवी नगर क्षेत्रका क्वारेन्टाइनका लागि सरसफाई सामग्री
२९ असार, सुनसरी । सुनसरीको दुहवी नगरपालिकालाई सरसफाई सामग्री प्रदान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीले दुहवी नगरपालिकाका क्वारेन्टाइनका लागि भन्दै सरसफाई सामग्री हस्तान्तरण गरेको हो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इटहरीका इन्जिनियर गोपी लाल भगतले एक कार्यक्रमका विच नगरप्रमुख वेदनारायण गच्छदारलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको हो । इन्जिनियर भगतले कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा स्वास्थ्य अधिकारको रक्षाका लागि क्वारेन्टाईनलाई पुग्ने गरी उक्त सरसफाई सामग्री वितरण..

नेपालमा कोरोना संक्रमित संख्या १६ हजार ९ सय ४५ पुग्यो, आज १४४ थपिए
२९ असार, काठमाण्डौँ । देशमा आज १४४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिनुभएको हो । यस्तै हालसम्म १० हजार २ सय ९४ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ६ हजार ६ सय १३ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ३८..

भारतले बनाएको एकतर्फी बाधका कारण तराई क्षेत्र डुबानमा पर्छः गृहमन्त्री थापा
२९ असार, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा बादलले भारतले बनाएको बाँधका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताउनुभएको छ । आज प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले भारतले नेपाललाई असर पुग्नेगरी बाँध बनाउनु एक किसिमको हस्तक्षेप भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतले एकतर्फी रुपमा बाँध बनाएको छ । बाँध बनाएपछि त्यसको निकास पनि दिनुपर्छ, उनीहरुले आफ्नो हितमा रहेर बाँध बनाएका छन् ।’ मन्त्री थापाले..

इलामको फाकफोकथुममा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु
२९ असार, इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक बालकको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय धनबहादुर राइको जेठा छोरा वर्ष १६ बर्षिय बालक अम्बर राई रहेको प्रहरी चौकी आम चौकले जानकारी दिएको छ । दुई दिन अघि आफ्नै खेतमा काम गर्दै गर्दा अरिङ्गालले टोके पछि बालकलाई सामान्य ज्वरो तथा खोकी लागेको थियो । आज अवस्था जटिल भएपछि उपचारको लागि विहान आमचोक स्वास्थ चौकी, आमचोकमा ल्याउदै गर्दा..

झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
२९ असार, झापा । झापाको अर्जुनधारा नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । सबै बालबालिका खोपको पहुँचमा पुगेकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको नगरका स्वास्थ शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिनुभयो । १६ देखि २३ महिनाका सम्पूर्ण बालबालिकाले ११ प्रकारका रोग विरुद्ध खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख..

तनहुँमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ५ बेपत्ता
२९ असार, तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी..

आज आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती, विविध कार्यक्रम गरी मनाइँदै
२९ असार, काठमाण्डौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले भौतिक दूरी आयोजना गरेर मात्र कार्यक्रम गरिने जनाइएको छ । सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसक्नेले भने घरघरमा नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाईदैँछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत..

दाउरा निकाल्न सप्तकोशी नदीमा गएका १४ वर्षीय बालक बेपत्ता
२८ असार, सुनसरी । आज(आईतवार) बिहान सप्तकोशी नदीमा दाउरा निकाल्न गएका १४ वर्षीय बालक बेपत्ता भएका छन् । सुनसरीको बराहक्षेत्र–७ घर भएका बालक अनिल बस्नेत गाउँले सहित सप्तकोशी नदीमा दाउरा निकाल्न गएका र अहिले सम्म नभेटिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी इन्स्पेक्टर पाण्डप कुमार राजवंशीले बताउनुभयो । बेपत्ता बालकको गाउँले र प्रहरी टोलीले खोजी गरिरहेको प्रहरीले बताएको छ ।