भद्रपुर नगरपालिकामा बाल मैत्री स्थानीय शासन सम्बन्धी १४ चरण पूरा

भद्रपुर नगरपालिकामा बाल मैत्री स्थानीय शासन सम्बन्धी १४ चरण पूरा

२६ असार, झापा । प्रदेश–१ कै पहिलो र देशकै पाँचौँ बाल मैत्री स्थानीय शासनउन्मूख भद्रपुर नगरपालिकाले बाल मैत्री स्थानीय शासन सम्बन्धी १४ चरण पूरा गरेको छ ।

पूरा गर्नुपर्ने १६ चरणमध्ये अभियान सुरु गरेको दुई वर्षमा भद्रपुरले १४ चरण पूरा गरेको आज बाल मैत्री स्थानीय शासन नगर समितिको बैठकमा जानकारी गराइएको छ ।

समितिका अध्यक्ष नगरप्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा अभियानका संयोजक दिपक पाण्डेले बाल मैत्री अभियानका क्रममा भएका प्रगतिका बारे जानकारी गराउनु भएको थियो भने वडा स्तरमा भएको प्रगतिको बारेमा छलफल गरिएको थियो ।

नगरपालिकाले बाल कोष स्थापना, बालबालिका बारे वस्तुगत विवरण तयारी, बाल मैत्री अवधारणा बारे अभिमुखीकरण, विभिन्न तहमा बाल समिति गठन, बाल मैत्री स्थानीय शासन कार्य योजना निर्माण, सम्पर्क विन्दू तोकी इकाई र शाखाको प्रबन्ध, मापदण्डको आधारमा वडा र टोलहरू निर्माण, सामुदायिक संस्थाहरू गठन, सरोकारवालाहरूको पहिचान र सञ्जाल निर्माण, सरोकारवालाहरूबाट प्रतिबद्धता घोषणा, आवधिक, वार्षिक योजना तर्जुमा गरी लगानीको सुनिश्चितताका साथ कार्य योजना निर्माण, स्थिति पत्र तयारी र सार्वजनिकीकरण एवम् अनुगमन, समीक्षा र मूल्याङ्कनको व्यवस्था, पुँजीगत बजेटको १५ प्रतिशत रकम विनियोजन गरी लगानी गर्ने जस्ता चरण पूरा गरेको छ भने सूचक निर्धारण गर्ने र बाल मैत्री वडा र नगर घोषणा गर्ने चरण पूरा गर्न बाँकी रहेको छ ।

लकडाउन खुल्ने बित्तिकै यी दुई चरण पूरा गरी भद्रपुरलाई बाल मैत्री नगर घोषणा गर्ने गरी अभियानलाई तीव्रता दिइएको नगर प्रमुख श्रेष्ठले बताउनुभएको छ ।

यस क्रममा लकडाउनकै बिचमा पनि नगरपालिकाले विभिन्न शाखाका कर्मचारी र सरोकार वालाहरूसँग छुट्टाछुट्टै छलफल गरी राय सुझाव सङ्कलन गरिसकेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर