कोरोना विरुद्धको खोप आयातमा स्रोतको अभाव हुदैनः अर्थमन्त्री पौडेल

३ पौष, काठमाण्डौँ । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस विरुद्धको खोप आयात गरी नागरीकलाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो । नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोरोनाको लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक..

आगामी तीन दिनको मौसम पूर्वानुमानः चिसो बढ्न सक्ने

३ पौष, काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै नेपालको पश्चिमी तराई भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुई स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको बताएको छ । दिउँसोः प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी..

लक्ष्मण थारु–रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

३ पौष, काठमाण्डौँ । टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भईसकेका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ । उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो । उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो । बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।..

एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न निर्देशन

२ पौष, काठमाण्डौँ । संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ । आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो । समितिका सभापति विमलप्रसाद श्रीवास्तव उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताउनुभयो । समितिले..

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिवस मनाइँदै

१ पौष, काठमाण्डौँ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । वि.सं. २०१७ पौष १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिशेश्वर प्रसाद कोईरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गर्नुभएको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी..

गणतन्त्रको विकल्प राजतन्त्र कदापी हुन सक्दैनः मुुख्यमन्त्री राई

१ पौष, विराटनगर । प्रदेश–१ का मुुख्यमन्त्री शेरधन राईले नेपाली जनताको संर्घषपछि आएको संघियतालाई कसैले पनि समाप्त पार्न नसक्ने वताउनुभएको छ । विराटनगर–१४ मा निमार्ण हुन लागेको प्रदेश स्तरीय जनस्वाथ्य प्रयोगशालाको शिलान्यास गर्नुहुदै उहाँले नेपाली जनताका लागी संघियता उपहार भएको भन्दै संघिय प्रणाली अन्र्तगत सरकारले धेरै काम गरेको वताउनुुभयो । केहि मानिस सडकमा संघियताको विरोधगर्दै अर्काे विकल्प चाहियो भन्छन् तर आफु सत्तामा हुुँदा वा आफ्नो पालाको सरकारमा उनिहरुले देश र..

पशुपतिनाथको मन्दिर आजदेखि खुल्यो

१ पौष, काठमाण्डौँ । पशुपतिनाथको मन्दिर आजदेखि खुलेको छ । कोरोना संक्रमणका कारण भक्तजनका लागि मन्दिर ९ महिना देखी बन्द थियो । प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द रहदै आएको थियो । संक्रमणसंग बढ्दो दुरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ । मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था..

इलामको माङसेबुङमा पहिलोपटक राई वान्तावा भाषाको पठनपाठन हुने

३० मंसिर, इलाम । इलामको माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा पहिलोपटक वान्तावा भाषाको पठनपाठन हुने भएको छ । यसका लागि विद्यालयले शिक्षक समेत छनोट गरेको छ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा भाषा शिक्षक नियुक्त गरिएको जनाइएको छ । वान्तवा भाषा अध्यापनले भाषा संरक्षणमा सहयोग पुग्ने गाउँपालिकाका उपाध्यक्ष सुनिता फोम्बोले जानकारी दिनुभयो । जिल्लामै पहिलोपटक प्रतिस्पर्धाबाट भाषा शिक्षक छनोट गरिएको हो । सो बान्तावा भाषा शिक्षकको लागि शान्ताकला राई छनोट भएकी..

अब प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न सक्ने

३० मंसिर, काठमाण्डौँ । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट आज जारी अध्यादेशमा भनिएको छः ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ..

संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारद्धारा अध्यादेश जारी

३० मंसिर, काठमाण्डौँ । नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो । पार्टीमा विवाद कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी..