गणतन्त्रको विकल्प राजतन्त्र कदापी हुन सक्दैनः मुुख्यमन्त्री राई

गणतन्त्रको विकल्प राजतन्त्र कदापी हुन सक्दैनः मुुख्यमन्त्री राई


१ पौष, विराटनगर । प्रदेश–१ का मुुख्यमन्त्री शेरधन राईले नेपाली जनताको संर्घषपछि आएको संघियतालाई कसैले पनि समाप्त पार्न नसक्ने वताउनुभएको छ ।

विराटनगर–१४ मा निमार्ण हुन लागेको प्रदेश स्तरीय जनस्वाथ्य प्रयोगशालाको शिलान्यास गर्नुहुदै उहाँले नेपाली जनताका लागी संघियता उपहार भएको भन्दै संघिय प्रणाली अन्र्तगत सरकारले धेरै काम गरेको वताउनुुभयो ।

केहि मानिस सडकमा संघियताको विरोधगर्दै अर्काे विकल्प चाहियो भन्छन् तर आफु सत्तामा हुुँदा वा आफ्नो पालाको सरकारमा उनिहरुले देश र जनताका लागी के काम गरे त भन्नुुहुुदै मुुख्यमन्त्री राईले गणतन्त्रको विकल्प राजतन्त्र कदापी नहुने वताउनुभयो । संघियता नेपाली जनतामा स्थापित भई सकेकाले अर्काे व्यवस्था अव संभव छैन उहाले भन्नुभयो ।

मुख्यमन्त्री राईले आम नागरिकलाई गुणस्तरिय स्वास्थय सेवा पुुर्याउनु सरकारको दायित्व भएको भन्नुहुदै प्रदेश ल्याव संञ्चालनमा आएपछि सवै प्रकारको सेवा यहि ल्याववाट सर्वसाधारणले पाउने वताउनुभयो । उहाँले यस्ता प्रकारका अत्याधुनिक ल्याव निमाणले सघियता कायान्वयमा वल पुगेको समेत वताउनुभयो ।

प्रदेश–१ का समाजिक विकासमंत्री जिवन घिमिरेले विकास निमार्णमा प्रदेश सरकाले ठुलो फड्को मारेको भन्दै ल्याव संचालनमा आएपछि अव नेपालीहरुले उपचारका लागि दिल्ली र मुम्वई जानुु नपर्ने वताउनुुभयो । उहाँले आगामी ६ महिनाभित्र प्रयोगशाला भवन निमार्णको काम सम्पन्न हुुने र ८ महिना भित्र प्रयोगशाला सञ्चालनमा आउने वताउनुभयो ।

सेभ द चिल्डेनको सहयोगमा ८ कठ्ठा १२ धुर जग्गामा ८ करोडको लागतमा चार तल्ले प्रयोगशाला भवन निमार्ण हुन लागेको हो । भवन निर्माण सम्पन्न भएपछि पहिलो तल्लामा नर्सने रोगको प्रयोगशाला, दोश्रो तल्लामा सर्ने रोग र तेश्रो तल्लामा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा आउने डा प्रतिक्षा कार्कीले वताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर