समाज

किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न
२३ पौष, झापा । किरात लिम्बू थिन्दोलुङ खोयाहाङ्ग उत्थान संघको सातौं स्थापना दिवस सम्पन्न भएको छ । थिन्दोलुङ खोयाहाङ्ग वंशका वरिष्ठ जेष्ठ नागरिक प्रेमबहादुर खोयाहाङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न सो सातौं स्थापना दिवस कार्यक्रमको अध्यक्षता केन्द्रीय उपाध्यक्ष क्या. टेकेन्द्र खोयाहाङ्गले गर्नुभएको थियो । दमकस्थित संघको मुख्यालयको प्राङ्गणमा आयोजना गरिएको सातौं स्थापना दिवस कार्यक्रममा झापा, मोरङ्ग र सुनसरी जिल्लामा बसोबास गर्नुहुने थिन्दोलुङ खोयाहाङ्ग वंशका दाजुभाइ तथा दिदीबहिनीहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।..

मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा
२४ पौष, काठमाण्डौँ । उपत्यकामा मेलम्चीको पानी ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो । निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार धेरै काम सकिए पनि..

चार पूर्वप्रधानन्यायाधीशको निश्कर्षः प्रधानमन्त्री ओलीको कदम असंवैधानिक !
२४ पौष, काठमाण्डौँ । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग गरिएको बताउनुभएको छ । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्काे अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको ब्यहोरा वक्तव्यमा उल्लेख गरिएको छ । आफ्नै पार्टीका केही..

काठमाण्डौँको वायु प्रदूषण सुधार हुदै
२२ पौष, काठमाण्डौँ । काठमाण्डौँमा वायु प्रदूषणको स्तरमा सुधार आएको छ । मौसममा सुधार आएसँगै राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तर घटेको छ । केही दिन देखी वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हुँदा धेरै तुवालो..

संवैधानिक इजलासमा सहभागी नहुने न्यायाधीश हरिकृष्ण कार्कीको घोषणा
२२ पौष, काठमाण्डौँ । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा एकजना न्यायाधीशले नबस्ने घोषणा गरेका छन् । न्यायाधीश हरिकृष्ण कार्कीले इजसालमा नबस्ने घोषणा गर्नुभएको हो । कार्कीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरुले प्रश्न गर्दै आएका थिए । उहाँ विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरिसक्नुभएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लगायतले न्यायाधीश कार्कीलाई इजलासमा राखिएकोमा प्रश्न उठाउँदै आएका थिए । आज पनि उहाँले यसबारे प्रश्न उठाउनुभएको थियो..

नेपाली सेनामा नयाँ भार्न खुल्यो
२१ पौष, काठमाण्डौँ । नेपाली सेनामा नयाँ भर्ना खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको जनकारी गराएको हो । लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको गरेको हो । लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ । पूजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ..

बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रमा हवाई सेवा अवरुद्ध
२१ पौष, काठमाण्डौँ । बाक्लो हुस्सु र तुवाँलोका कारण तराई क्षेत्रमा हवाई सेवा अवरुद्ध भएको छ । सोमबार विहान पनि तराईका सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । आज विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका कारण उडान अवतरण ठप्प छ । अन्य विमानस्थलमा भने उडान–अवतरण भइरहेको छ..

ओली पक्षमा गए सांसद र मन्त्रीबाट हटाउने धम्की आयोः लेखराज भट्ट
२० पौष, धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थाई कमिटी सदस्य समेत रहनुभएका उद्योगमन्त्री लेखराज भट्टले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको दाबी गर्नुभएको छ । धनगढीमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव समूहले ब्ल्याकमेलिङ गर्न थालेको दाबी गर्नुभयो । केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड–माधव समूहका ३० सांसद सहभागी भएको तर्फ संकेत गर्दै उहाँले भन्नुभयो ‘ब्ल्याकमेलिङ गरेर बनाएको ३० जनालाई मान्दिन..

राष्ट्रपतिको चरित्र हत्या हुने अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छः गृहमन्त्री थापा
१९ पौष, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक संञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताउनुभयो । मन्त्री थापाले भन्नुभयो–‘राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।’ संघले प्रधानमन्त्री र..

फोहोरी राजनीतिविरुद्ध आफू नलाग्ने प्रधानमन्त्रीको उद्घोष
१८ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैलाउने काम नगर्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रवासी नेपाली एकता मंञ्चको कार्यक्रममा सञ्चार एप्लीकेसन जुम मार्फत आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दलहरूको अल्पमत र बहुमतको विबाद आगामी निर्वाचनको परिणमले समाधान गर्न हुनाले अहिले जनतामा निराशा आउने काम नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले निराश जनता देशको विकास र अग्रगमनका..