विशेष

‘एसियन हाइवे’ निर्माणले गति लिदै, १२ प्रतिशत काम सकियो
२५ माघ, झापा । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राजमार्ग नम्बर २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ दशमलव ७६ किमी सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा..

पाथीभरा केबलकार विवाद; दुई वार्ता टोलीबिच सकारात्मक छलफल, मंगलबार पुनः बैठक बस्ने
काठमाडौँ । पाथीभरा केबलकार निर्माणसम्बन्धी विवाद समाधान गर्न गठन गरिएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीबिचको छलफल सकारात्मक रहेको छ । सोमबार साँझ ललितपुरको हिमालय होटलमा भएको दुई पक्षबिच वार्ता सकारात्मक रहेको हो । मंगलबार पुनः बैठक बस्ने सहमति भएको आन्दोलनरत पक्षका वार्ता समिति संयोजक प्राज्ञ अमर तुम्याहाङले जानकारी दिए । उनले भने, ‘आज टंगोमा पुग्न सकिएन । भोलि ११ बजे पुनः वार्ता गरौँ भनेका छौँ ।’ संयोजक तुम्याहाङले आफूहरूले..

धरानबाट पक्राउ परेका ६ जनालाई म्याद थप, आन्दोलनकारी सामुहिक गिरफ्तारी दिन इलाका पुगे
धरान । मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा आइतबार धरानबाट पक्राउ परेका ६ जनालाई प्रहरीले म्याद थप गरेको छ । हिजो आइतबार साझ नै छोड्ने समझदारी भए पनि प्रहरीले सुमन चेम्जोङसहित ६ जनालाई छोडेन । आज सोमबार दिउसो छोड्ने आश्वासन पाए पनि पक्राउ परेकाहरुलाई प्रहरीले ७ दिनको म्याद थपेको छ । म्याद थप गरेको जानकारी पाए पछि अहिले सयौंको संख्यामा आन्दोलनकारीहरु इलाका प्रहरी कार्यालय धरानमा पुगेका छन् । भानुचोकमा दोस्रो दिनको ९..

मुक्कुमलुङमा केबलकार निर्माण कार्य रद्द नभएसम्म आन्दोलन जारी रहन्छः राजेन्द्र महतो
काठमाण्डौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरास्थित मुक्कुमलुङमा केबलकार निर्माण कार्यको सम्झौता रद्द नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । माइतीघरमा सोमबार मुक्कुमलुङ संरक्षण संघर्ष समितिको आयोजनामा आयोजित प्रदर्शन कार्यक्रममा उनले मुक्कुमलुङको सांस्कृतिक भूमि संरक्षण गर्न शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका आन्दोलनकारीलाई प्रहरी प्रशासनले छाती र तिघ्रामा गोली हानेर घाइते बनाएको बताउँदै लिम्बुवानलाई स्वायत्त बनाउनुपर्ने माग गरे । उनले भने,‘यो देश लिम्बुको हो कि होइन रु हो..

‘सिरियल किसर’ उदितनारायण !
काठमाडौं । बलिउडमा एक भलादमी र सरल स्वभावका गायकको रुपमा परिचित थिए उदितनारायण झा, तर भर्खरैको एउटा स्क्यान्डलले उनको यो छविमा गम्भीर क्षति पुगेको छ । उदितले कन्सर्टमा गीत गाउने क्रममा फ्यानहरुलाई चुम्बन गरेको भिडिओ भाइरल भएसँगै उनी विवादित बनेका हुन् । यो स्क्यान्डलमा उनले दिएको प्रष्टीकरण झनै चित्तबुझ्दो छैन । उदितले गल्ती महसुस गर्नुको साटो आफ्नो बचाउ गर्न खोजेका छन् । यसलाई सामान्य रुपमा लिनुपर्ने बताएका छन् । एक..

फोनिज झापाको अध्यक्षमा अर्जुन राजवंशी
झापा, माघ २०। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको ७औं अधिवेशनले अर्जुन राजवंशीको नेतृत्वमा नयाँ समिति पाएको छ । फोनिज झापाले रजत वर्षको अवसरमा विर्तामोडमा आयोजित अधिवेशनले सर्वसम्मत कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा तिलक योञ्जन, सचिव सन्तोष बेघा, सहसचिव भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन् । सदस्यहरुमा सुरेश आले मगर, सजन राई, रविकिरण बान्तवा, विष्णुकुल श्रेष्ठ, सौरभ मुखिया, मिना नेम्बाङ, डिके शेर्मा र..

इलाममा विभिन्न क्षेत्रका व्यक्ति र संस्था पुरस्कृत
इलाम– इलाम नगरपालिकाले १६औं नगरसभा अवसरमा विभिन्न क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरले शिक्षा, खेलकुद, कृषि, पत्रकारितालगायत क्षेत्रका ४० भन्दा बढीलाई सम्मान र पुरस्कृत गरेको हो । नगरको विकास र समृद्धिमा विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्ति–संस्थालाई सम्मान गरिएको नगरले जनाएको छ । मेयर केदार थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विष्णु लिम्बू दाहालले स्वागत मन्तव्य राखिन् । त्यस अवसरमा जिल्लाका विभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिको उपस्थिति थियो । नगरले..

दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै निसान पदयात्रा
इलाम । दुई सय वर्षअघिको इतिहास स्मरण गर्दै इलाममा निसान (विशेष किसिमको झन्डा) पदयात्रा सुरु गरिएको छ । वीरतापूर्ण इतिहासपछिको सन्धिलाई स्मरण गर्दै भारतीय सीमाबाट इलाम सदरमुकामसम्म पदयात्रा थालिएको हो । नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाडिएका निसान जुन बाटो भएर फर्काइएको थियो, त्यही बाटो संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न करिब दुई सय जनाले पदयात्रा थालेका हुन् । बुधबार नेपाल–भारत सीमा छब्बिसेस्थित मेची बजारबाट सुरु गरिएको ४१.१ किलोमिटरको पदयात्रा..

१२ वर्षयताकै उच्च मूल्यमा अलैंची कारोबार, किसान उत्साहीत
८ पौष, इलाम– रोगले सखाप भइसकेको अलैंचीबाट निरास भइसकेका किसान अहिले त्यसैमा उत्साहीत भएका छन् । उत्पादित अलैंचीको भाउ राम्रो आएपछि थोरै लगानीबाट किसानले उच्च मूल्य पाएका छन् । यो वर्ष १२ वर्षयताकै उच्च मूल्यमा अलैंची कारोबार भएपछि किसानमा जाँगर थपिएको हो । अहिले इलामका बजारमा प्रतिमन (४० किलो) उच्च गुणस्तरीय अलैंचीको मूल्य एक लाख १० हजार पुगेको छ । अलैंचीको पुराना बगान मासिएर नयाँ बगान विस्तार गरिरहेका किसान अझ..

झापाको हल्दिबारीमा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर सुरू
८ पौष, झापा । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर आजबाट सुरू भएको छ । शिविर पुष ८ र ९ गते २ दिन सम्म संचालन हुनेछ । गाउँपालिकाको कुल ४ लाख लागतमा संचालित शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिनुभयो । शिविरमा सबै वडाबाट कुकुर संकलन गरीदैछ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गरिएको हो । कुकुरको..