नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष बलत्कार अभियोगमा पक्राउ

स्याङ्जा । नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी बलात्कार अभियोगमा पक्राउ परेका छन् । नेकपा एसको गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेक गिरीलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका..

झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी फेला

९ फागुन, झापा । झापामा ६ बालबालिकासहित ६६ जना कुष्ठरोगीका नयाँ बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा सो सङ्ख्यामा नयाँ कुष्ठरोगी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका कुष्ठरोग ‘फोकल पर्सन’ वीरेन्द्र दासका अनुसार १५ पालिकामध्ये सबैभन्दा बढी भद्रपुरमा ११ नयाँ कुष्ठरोगी फेला परेका छन् । कनकाई नगरपालिका, मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा एक–एक, शिवसताक्षीमा सात, कमलमा तीन, दमकमा १०, गौरादह र गौरीगञ्जमा पाँच–पाँच, झापा गाउँपालिका र..

झापामा थपिए क्षयरोगका ६१६ जना नयाँ बिरामी

८ फागुन, झापा । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिनुभयो । त्यसमा ३७९ पुरुष र २१९ महिला छन् । स्रोत व्यक्ति दासका अनुसार चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला..

झापामा प्रविधिको प्रयोग गरेर चैते धान रोप्ने तयारी

८ फागुन, झापा । झापा जिल्लाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकिकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेशिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय..

केबलकार निर्माणविरुद्धको रिट संयुक्त इजलासमा

८ फानुग, काठमाण्डौँ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबलकारको निर्माण रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन पेशी चढेको छ । न्यायाधीशद्धय डा.कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आज रिटको सुनुवाई हुने भएको हो । किरात याक्थुङ चुम्लुङका प्रतिनिधि आईन्द्रकुमार लिम्बुको वारिस अमृता थेबेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार समेतलाई विपक्षी बनाउँदै गत माघ १८ गते रिट दायर गरेकी थिइन् । सो रिट यसअघि दुईपटक हेर्न..

मोदीसंग भेट नहुने भएपछि देउवाको भारत भ्रमण रद्द

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुष्टि गरे । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए । दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण..

फाकफोकथुममा एमालेको जरा केन्द्रीत प्रशिक्षण कार्यक्रम सम्पन्न

  ७ फागुन, इलाम । नेपाल कम्युनिस्ट पार्टी एमाले फाकफोकथुम गाउँ कमिटीकाे दाेस्राे पुर्ण तथा विस्तारित वैठक सम्पन्न भएकोछ । बैठक संगै ३ महिने जरा केन्द्रीत पालिका स्तरीय अनुशिक्षण कार्यक्रम समेत सम्पन्न भएको एमाले फाकफोकथुमका अध्यक्ष अर्जुन योङ्हाङले जानकारी दिनुभयो । बैठकले नेकपा एमाले फाकफाेकथुम गाउँकमिटीकाे वार्षिक कार्ययोजना पारित गरेको उहाले बताउनुभयो । पालिकाकाे ४२ वटा टाेल कमिटीहरुकाे ईन्चार्जकाे जिम्मेवारी प्रदान गर्ने निर्णय साथै अन्य धेरै महत्त्वपूर्ण र दुरगामी महत्व..

दमकमा पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता हुदै

फागुन ६, दमक । झापाको दमकमा पहिलो माटाडोर ब्रोदर्स फुटसल प्रतियोगिता २०८१ हुने भएको छ । प्रतियोगिता दमकका स्थानीय खेलकुद प्रेमी युवाहरुको समूह माटाडोर ब्रोदर्स एफसिको आयोजनामा हुन लागेको हो । दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसल कोर्टमा हुने प्रतियोगिता फागुन १६ र १७ गते दुइ दिन सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ७५ हजार पाँच सय ७५ रुपैयाँ र उपविजेताले नगद ३५ हजार पाँच सय पैतिस रुपैयाँ नगद..

‘जनै’ लाउने देखी ‘सहनाई’ फुक्नेसम्मको पहिचानको सुरक्षा हुनुपर्छः प्रविण चाम्लिङ

३ फागुन, झापा । जनता समाजवादी पार्टी नेपालका पूर्व प्रदेश नं. १ समितीका अध्यक्ष प्रविण चाम्लिङ नेकपा माओवादी केन्द्र प्रवेश गर्नुभएको छ । नेकपा माओवादी केन्द्र दमक नगर अधिवेशनको उद्घाटन समारोहकाबीच पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उहाँलाई खदा र रुद्राक्षको माला लगाईदिएर पार्टी प्रवेश गराउनुभएको हो । गणतन्त्रको संवाहक नै माओवादी १० बर्षे जनयुद्ध आन्दोलन रहेको र यो व्यवस्थाको संरक्षण गर्न माओवादी पार्टी मात्रै ईमान्दार रहेको निश्कर्ष सहित आफु..

संविधानमा महिला, दलित र आदिवासीलाई अधिकार दिएको ओलीलाई मन परेको छैनः प्रचण्ड

३ फागुन, झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा पुग्ने वित्तिकै संविधानलाई च्यात्न प्रयास गरेको बताउनुभएको छ । नेकपा माओवादी दमक नगर कमिटीको अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले प्रधानमन्त्री ओली संविधानलाई च्यात्न उद्धत रहेको अरोप लगाउनुभएको हो । नेपालमा गणतन्त्र र संघियता ओलीले कहिल्यौ पनि नचाहेको प्रचण्डको भनाई थियो । तर नचाहँदा–नचाहदँै बाध्य भएर यो व्यवस्था मान्न परेको भनेर केही अगाडीले ओली..