झापाको हल्दिबारीमा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर सुरू

झापाको हल्दिबारीमा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर सुरू


८ पौष, झापा । झापाको हल्दिबारी गाउँपालिकामा सामुदायिक कुकुरहरूको बन्धयाकरण शिविर आजबाट सुरू भएको छ । शिविर पुष ८ र ९ गते २ दिन सम्म संचालन हुनेछ । गाउँपालिकाको कुल ४ लाख लागतमा संचालित शिविरमा १४४ कुकुरहरूको बन्ध्याकरण गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिनुभयो ।

शिविरमा सबै वडाबाट कुकुर संकलन गरीदैछ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसारनै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गरिएको हो । कुकुरको आक्रमणबाट जनधनको हुनसक्ने क्षतिबाट बच्नको लागि पनि सामुदायिक कुकुर बन्ध्याकरण शिविर आवश्यक रहेको बताईएको छ ।

सामुदायिक कुकुरका कारण सडक दुर्घटनासमेत बढेको गएकाले शिविरले यसको संख्या नियन्त्रणसंगै जोखिम पनि कम हुने गाउँपालिका अध्यक्ष रविन्द्र लिङदेनले बताउनुभयो ।

यस्तै योजना अधिकृत राजन न्यौपानेले सामुदायिक कुकुरको संख्या घटाउनको लागि बन्ध्याकरण शिविर प्रभावकारी हुने बताउनुभयोे ।

शिविरमा हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था लि.को प्राविधिक सहयोग रहेको छ । शिविरमा संस्थाका अध्यक्ष डा.दिलिप सापकोटा यसैगरी डा.सिजन सैजुको टिमले सामुदायिक कुकुरहरूको बन्धयाकरणमा सहजीकरण गर्नुहुने छ ।

सामुदायिक कुकुरहरुले बालबालिका झम्टिने, रातिको समयमा यात्रा गर्न पनि असहज पारिदिने, साना पशु चौपायालाई आक्रमण गर्ने र दुर्घटनासमेत निम्त्याउने गरेका छन् ।

कुकुरहरूमा बन्ध्याकरण गर्दा रेबिजविरुद्धको खोप पनि लगाइएको पशुपंछि तथा मत्स्य विकाश शाखाकी प्रमुख सानुमाया श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर