विशेष

साङ्लोले बाँधेर राखिएका १४ वर्षीय बालकको उपचार सुरु
२८ मंसिर, झापा । अटिजमको समस्याका कारण घरमा साङ्लोले बाँधेर राखिएका झापा अर्जुनधाराका १४ वर्षीय आदित्य दाहालको काठमाडौंमा उपचार सुरु गरिएको छ । झापाबाट उद्दार गरी उनलाई उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पताल लगिएको थियो । चिकित्सकहरुसँग परामर्शपछि आजबाट अस्पतालले उपचार सुरु गरेको उनको उपचारका लागि सहयोगी युवा अर्जुनधारा–५ का कौशल भण्डारीले जानकारी दिनुभयो । भण्डारी हाल काठमाडौंमा नै रहेका छन् । भण्डारीले बालक दाहालको उपचारमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले समन्वय..

झापामा कुकर बम राखेर आतङ्कित पार्ने थप दुईजना पक्राउ
२८ मंसिर, झापा । नेकपा (माओवादी) पूर्व केन्द्रीय कमान्डको नाममा गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि कुकर बम राखेर आतङ्कित पार्ने थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका–७ घर भई हाल जिल्ला तनहुँ ब्यास नगरपालिका–१४ बस्ने गौरव उपनाम भएका ३६ वर्षीय अमृत सापकोटा र खोटाङ खोटेहाङ गाउँपालिका–७ कातिके टोल बस्ने समर्पण भट्टराई उपनाम भएका ३५ वर्षीय दिलीप भट्टराई रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा..

स्रोत नखुलेको विदेशी मुद्रासहित एक व्यक्ति पक्राउ
२८ मंसिर, झापा । स्रोत नखुलेको ठूलो मात्रामा अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । बिहीवार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार गौरादह नगरपालिका –५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् । मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरीकन डलर १०० दरका २९७ थान २९,७०० डलर (..

इजलासमा न्यायाधीशलाई रविको आश्वासनः श्रीमान् छाडिदिनुभयो भने गर्वलायक काम गर्छु
२७ मंसिर, पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्धामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले बिहीबार पाँच दिन म्याद थप गरेको छ । सातौँपटक म्याद थप हुँदा लामिछानेको मुद्दा अदालतमा लैजान अब ९ दिन मात्र बाँकी छ । सरकारी पक्षले बाँकी रहेको ९ दिन नै म्याद थप गर्नुपर्ने माग राखेको थियो । तर, न्यायाधीश चन्द्रकान्त पौडेलले पाँच..

झापाको आदिवासी रंगशालामा चासोक तङनाम मनाउने तयारी
२७ मंसिर, झापा । किरात याक्थुङ चुम्लुङ्ग दमक र कमल गाउँ शाखाले यसवर्ष पनि संयुक्त रुपमा यहि मंसिर ३० गते वृहत चासोक तङनाम– २०८१ मनाउने तयारी गरेका छन् । कमल –५ स्थित आदिवासी रंगशालामा हुने चासोक तङनाम विशेष सांस्कृतिक कार्यक्रम गतवर्ष झै यसवर्ष पनि सभ्य र भव्य रुपले मनाउने तयारी तीव्र पारेका हुन् । दुवै संस्थाले दमकमा पत्रकार सम्मेलन गरि चासोक तङनाम वृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा मनाउन आवश्यक सवै..

मानवअधिकारको विषयमा गम्भीर बन्न भुटानी शरणार्थीहरुको गुहार
२७ मंसिर, झापा । देशभर मानवअधिकार दिवस मनाइरहँदा पूर्वी नेपालमा रहेका भुटानी शरणार्थीहरुले आफूहरुको मानवअधिकारको विषयमा गम्भीर बन्न अन्तर्राष्ट्रिय सुमदायसँग गुहार मागिरहेका छन् । ३३ वर्षदेखि झापा र मोरङमा रहेका दुई वटा शरणार्थी शिविरका शरणार्थीहरु स्वदेश फिर्तीको प्रतीक्षामा छन् । मानव अधिकारको सदस्य रहेको नेपाल, भुटान र भारतले चाहेमा स्वदेश फर्कन चाहने शरणार्थीहरुलाई स्वदेश फिर्ता गराउन सक्ने भए पनि आफूहरुको विषयमा चासो नदिइएको शरणार्थीहरुको गुनासो छ । मानवअधिकारवादीहरुले पनि शरणार्थी..

पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौँ । यही मंसिर २८ गते हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि केन्द्रीय निर्वाचन समितिले मतपत्र छापेर प्रदेश..

झापाको शिवसताक्षीमा रैथाने १०७ जातका धान संरक्षण
२६ मंसिर, झापा । झापाको शिवसताक्षीमा रैथाने १०७ जातका धान संरक्षण गरिएको छ । शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको हो । जैविक विविधता संरक्षणले यस वर्ष १०७ प्रजाति धानहरु एकै ठाउँमा फलाएर विउको संरक्षण गरेको जनाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको तीन कठ्ठा जग्गामा विभिन्न प्रजातिका धान फलाइएको कञ्चन जैविक विविधता संरक्षण विकास..

श्रीलङ्काका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण भारतमा
कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायके भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलङ्काको सूचनामन्त्री नलिन्दा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिइन् । वामपन्थी दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने वाचामा सेप्टेम्बरमा सत्तामा आएका हुन् । गत महिना भएको संसदीय चुनावमा उनको पार्टीले ठूलो जित हासिल गरेपछि सत्तामा आफ्नो पकड बलियो बनाए । नयाँ दिल्ली श्रीलङ्कामा बेइजिङको बढ्दो..

हात्ती प्रभावित क्षेत्रमा युवाहरुको गस्ती टोली गठन
२५ मंसिर, झापा । जङ्गल क्षेत्रबाट दिनहुँ गाउँ पस्ने जङ्गली हात्तीको हुल रोक्न झापाको शिवसताक्षीमा रातिपख गस्ती गर्न थालिएको छ । हुलमा आउने जङ्गली हात्ती रोक्न शिवसताक्षी नगरपालिका वडा नं ८ ले समिति नै गठन गरेर रात्रिकालीन गस्ती शनिबारदेखि सुरु गरेको हो । गस्ती टोलीमा कम्तिमा २५ युवा परिचालित छन् । समितिको मुख्य काम हात्ती गाउँ पस्ने गौडामा बसेर गाउँलेलाई सूचना दिनु हो । हाते माइक, सिटी र आकस्मिक काममा..