सूचना प्रविधि

पत्रकार मञ्च दमकको अक्षयकोषमा १८ हजार जम्मा
१६ असोज, झापा । पत्रकार मञ्च दमक झापाको पत्रकार अक्षयकोषमा रु १८ हजार एक सय ८६ रुपैयाँ जम्मा गरिएको छ । मञ्चका अध्यक्ष मनकुमार गदालबाट रु तीन हजार, सामाजिक अभियान्ता सम्झना तामाङबाट रु ११ हजार एक सय ११ र अन्य संघ संस्थाबाट प्राप्त भएको रु चार हजार ७५ गरी जम्मा रु १८ हजार एक सय ८६ रुपैयाँ आज एनआईसी एसिया बैंकमा रहेको मञ्चको जम्मा गरिएको मञ्चका कार्यवाहक कोषाध्यक्ष धन बहादुर..

चार दिनदेखी लगातार परिरहेको वर्षा भोलिसम्म
९ असोज, काठमाण्डौँ । देशभर चार दिनयता लगातार परिरहेको वर्षा भोलिसम्म हुने भएको छ । गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ५ असोज देखिको निरन्तरको वर्षा भोलि देखी रोकिन्ने सम्भावना रहेको जानकारी दिएको हो । प्राधिकरणले धेरै ठाउँका खोला, नदीहरुमा बाढी आएकोले जोखिम अझै कायमै रहेको बताएको छ । सतर्कता अपनाउन समेत मन्त्रालयले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले देशका धेरै स्थानहरुमा आज साँझ हल्का..

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे आज टुंगो लाग्ने, मन्त्रिपरिषद बैठक ५ बजे बस्दै
२९ भाद्र, काठमाण्डौँ । मन्त्रिपरिषदको बैठक आज साँझ ५ बजेका लागि तय गरिएको छ । स्रोतका अनुसार आजको बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाउने छ । प्राधिकरणका हालका कार्यकारी निर्देशक कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिएको छ । आज उहाँलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो लाग्नेछ । घिसिङको समय सकिएपछि मात्र क्याबिनेट बैठक डाकिनुलाई अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली घिसिङको निरन्तरताको पक्षमा..

इलाममा निर्माणधिन सुकिलुम्वा बिमानस्थल निर्माण कार्यले गति लियो
२८ भाद्र, इलाम । लकडाउन खुलेसंगै इलामको फाल्गुनन्द सुकिलुम्वा बिमानस्थल निर्माण कार्यले गति लिएको छ । २०७५ जेष्ठ महिनामा तारा एयरको बिमान सफल रुपमा अवतरण गरेर प्राविधिक परिक्षण समेत सम्पन्न गरिसकिएको विमानस्थलको निर्माणकार्य कोरोना महामारीका कारण जारी लकडाउनले प्रभाववित बनेको थियो । अहिले भने स्तरोन्नति गरि धावनमार्ग कालोपत्रे गर्ने काम धमाधम सुरु भएको छ । पटक पटक गरी हालसम्म करिव २८ करोड रुपैयाँ खर्च भएको बिमानस्थलमा थप पुर्वाधार निर्माण शुरु..

केन्द्रीय विद्युत जडानपछि खोटाङमा चौबीसै घण्टा टेलिफोन
२५ भाद्र, खेटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित धिर्नुडाँडामा रहेको जिएसएम र सिडीएमए टेलिफोन टावरमा केन्द्रीय प्रशारण लाइनको विद्युत् जडान गरिएको छ । नियमित विद्युत अभावमा पटकपटक अवरुद्ध हुँदै आएको टेलिफोन टावरमा विद्युत् जडान भएपछि चौबीसै घण्टा टेलिफोन संञ्चालनमा आएको छ । विद्युत् अभावमा गत चैत्रदेखि अवरुद्ध टेलिफोन टावर मर्मतपछि केन्द्रीय प्रशारण लाइनको विद्युत जडान गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । धिर्नुडाँडाको अवरुद्ध टेलिफोन टावर सञ्चालनमा आएपछि..

जहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन
२५ भाद्र, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिनुभएको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग बुधवार मन्त्रालयमा भएको संयुक्त बैठकमा मन्त्री भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो । पर्यटनमन्त्री भट्टराईले आन्तरिकतर्फ दुई..

कुलमानलाई निरन्तरता दिनेगरि उर्जामन्त्री पुनको प्रस्ताव तयार
१५ भाद्र, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले प्रस्ताव तयार पार्नुभएको स्रोतले बताएको छ । यही भाद्र २९ गतेबाट घिसिङको कार्यकाल सकिँदैछ । तर, उहाँको पक्षमा सामाजिक सञ्जालदेखि जनस्तरसम्म व्यापक माहोल देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि घिसिङलाई निरन्तरता दिन सकारात्मक देखिनुभएको छ । यसअघि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले चने घिसिङलाई निरन्तरता नदिने संकेत गर्नुभएको थियो ।..

प्रेस संगठन इलामद्धारा कृयशिल पत्रकारहरुलाई पिपिई बितरण
१४ भाद्र, इलाम । कोरोना संक्रमणको जोखिम बढेको भन्दै कार्यक्षेत्रमा खटिने इलामका पत्रकारहरुलाई प्रेस संगठनले पिपिई (व्यक्तिगत सुरक्षा सामाग्री) बितरण गरेको छ । जिल्ला सदरमुकाममा रहेर पत्रकारिता गर्ने क्रियाशिल पत्रकार र मिडिया हाउसलाई प्रेस संगठन नेपाल इलाम शाखाले एक कार्यक्रमको आयोजना गरी पिपिई उपलब्ध गराएको हो । पूर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का संघीय सांसद् झलनाथ खनालले पत्रकार र संचारमाध्यमका लागि भनेर २५ थान पिपिई र गगल्स उपलब्ध..

निर्मला पन्तलाई न्याय दिन भन्दै प्रेस युनियनको वेवसाइट ह्याक
१४ भाद्र, झापा । निर्मला पन्तलाई न्याय दिन भन्दै नेपाल प्रेस युनियनको वेवसाइट ह्याक भएको छ । नेपाल प्रेस युनियनको साइट लगइन गर्दा निर्मला पन्तको फोटो सहित ह्याक भएको जानकारी दिइएको छ । नेपाल प्रेस युनियनको वेवसाइट www.nepalpressunion.org.np ह्याक गरेको हो । इन्डियन साइवर ट्रुप्स नामक समूहले साइट ह्याक गरी पन्तको फोटो सहित जस्टिक फर निर्मला पन्त लेखिएको ब्यानर राखेका छन् । उनिहरूले व्यानरमा लेखेका छन् “सात सय ५० दिनसम्म..

हिमाली र पहाडी जिल्लाबाट आन्तरीक उडान खोल्ने उड्डयनमन्त्रालयको तयारी
९ भाद्र, काठमाण्डौँ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सुरु गर्ने तयारी थालेको छ । पहिलो चरणमा आन्तरिक उडान भने काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा मात्र हुने बताईएको छ । सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । ‘चाडबाड आएका छन्, उडान त खोल्नु परिहाल्छ ।’ आज मन्त्रालयमा आयोजित वार्षिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा मन्त्री भट्टराईले..