हुलाकी राजमार्ग निर्माण कार्य झापामा तिव्र, स्थानिय हर्षित

२३ फाल्गुन, झापा । झापा जिल्लाको दक्षिणी क्षेत्रबाट भद्रपुर बिराटनगर जोड्ने हुलाकी सडकको निर्माण कार्य तिव्र रुपमा अगाडि बढेको छ । झापा जिल्लाको सदरमुकाम चन्द्रगढी र मोरङ जिल्लाको सदरमुकाम बिराटनगर जोड्ने छोटो बाटोको रुपमा लिइएको हुलाकी सडकलाई चौडा गर्ने काम तिव्र रुपमा अगाडि बढेको छ । हाल सडक भित्र रहेका कल्भर्ट निर्माण र सडक चौडा बढाई माटो भर्ने कार्य भइरहेको छ । रतुवा खोला देखि बिरिङ खोलासम्म निर्माण गरिने सडकमा..

कोरोना भाईरस संक्रमणबाट त्रसित नहुन मन्त्री खतिवडाको आग्रह

२३ फाल्गुन, काठमाण्डौँ । पछिल्लो समय सञ्चार तथा सुचना प्रविधिमन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएका अर्थ मन्त्रि डाक्टर युवराज खतिवडाले कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले त्रसित नहुन आग्रह गर्नुभएको छ । आज सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षण गर्दे उहाँले यस्तो बताउनुभएको हो । कोरोना संक्रमणको त्रासमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको तर सचेतना र सतर्कता अपनाउनु पर्ने भन्दै उहाँले प्रचार प्रसारमा लाग्न आग्रह पनि गर्नुभयो । साथै उहाँले रेडियो नेपालको..

होलीमा सतर्कता अपनाउन जिल्ला प्रसासन कार्यलय झापाको आग्रह

२३ फाल्गुन । जिल्ला प्रशासन कार्यालय झापाले नजिकी रहेको रंगहरुको पर्व होली पर्वमा बिशेष सर्तक रहन आग्रह गरेको छ । प्रशासन कार्यालयले एक सुचनामा जारी गर्दे होली पर्वमा भिज्ने, अविर लगाउने तथा लोला हान्ने जस्ता कार्यहरु नगर्न तथा नगराउन सचेत गराएको छ । सोही विज्ञप्ती मार्फत कार्यलयले धेरै मानिस जम्मा हुने सभा, समारोह, मेला, गोष्ठी तथा महोत्सवहरु नगर्न पनि निर्देशन दिएको छ । साथै जिल्लामा संञ्चालन गर्ने भनेर यस अघि..

चुलाचुलीका कृषकहरुलाई अनुदानमा कृषि यान्त्रिकरण समाग्री

१२ फाल्गुन, इलाम । इलामको चुलाचुली गाउँपालिकामा आज स्थानिय कृषकहरुलाई अनुदानमा विभिन्न कृषि यान्त्रिकरण सामाग्रीहरु वितरण गरिएको छ । गाउँपालिकाको कृषि बिकाश शाखा र पशु सेवा शाखाको अयोजनामा सो सामाग्रीहरु वितरण गरिएको हो । कृषि बिकाश शाखाको चालू आर्थिक बर्षको ५० प्रतिशत अनुदान कार्यक्रम अन्र्तगत आज गाउँपालिकाका कृषकहरुलाई पावर टेलर (हाते ट्रयाक्टर) २ थान, ब्रस कटर (धान काट्ने मेसिन) ६ थान, सिंञ्चाईका लागि मोटर पम्प १८ थान गरी करिव ७..

समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्न ऊर्जा मन्त्री पुनको निर्देशन

२५ माघ, काठमाडौं । समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का रद्द गर्न ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले मातहतका निकायलाई निर्देशन दिनुभएको छ । विगतमा राजनीतिक अस्थिरता र संक्रमणको फाइदा उठाउँदै ठेक्का लिने र समयमै काम नगर्ने प्रवृत्ति विकासको बाधक रहेको भन्दै मन्त्री पुनले यस सरकारको पालामा त्यस्तो प्रवृर्ती सह्य नहुने बताउनुभएको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन अनन्तले आयोजना गर्नुभएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका कानून..