श्रमजीवि पत्रकाहरुका लागि राहत प्याकेज ल्याउने संञ्चार मन्त्री गुरुङको घोषणा

२५ माघ, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना प्रभावित श्रमजीवि पत्रकाहरुलाई राहत प्याकेज ल्याउने घोषणा गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन नेपाल पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रह समेत गर्नुभयो । ‘कोरोना प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि आवश्यक सुुझाव दिन म पत्रकार र पत्रकारहरुको संघ, संगठन सबैलाई आग्रह गर्दछुु,’ मन्त्री गुुरुङले भन्नुभयो, ‘सरोकारवाला..

नेपाली गुप्तचर संयन्त्रद्धारा फोन–ट्यापिङको तयारी

१६ पौष, काठमाण्डौँ । नेपाली गुप्तचर संयन्त्र राष्ट्रिय अनुसन्धान विभागले फोन–ट्यापिङको तयारी गरेको छ । कानुनी वैद्यता विनानै गुप्तचर विभागले फोन ट्यापिङ शुरु गर्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष मातहतमा रहेको विभागले कानुन नबन्दै फोन इन्सरसेप्सनको अन्तिम तयारी गरिरहेको प्रधानमन्त्री स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले २५ मंसिर ०७६ मा राष्ट्रिय सभामा ‘नेपाल विशेष सेवा विद्येयक’ दर्ता गराउनुभएको थियो । विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संसोधन..

रेडियो नेपालको गरिमा कायम राख्दै अगाडि बढ्न संञ्चारमन्त्री गुरुङको निर्देशन

३० मंसिर, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले रेडियो नेपालको गरिमा कायम राख्दै अगाडि बढ्न निर्देशन दिनुभएको छ । रेडियो नेपालमा २५ वर्ष स्थायी रुपमा सेवा प्रदान गर्नुभएका कर्मचारीहरूलाई दिर्घसेवा पदक वितरण गर्न आज रेडियो नेपाल, सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले निजी क्षेत्रका रेडियोहरू भन्दा अग्रणी स्थानमा रहेर सेवा प्रवाहमा अगाडि बढ्न निर्देशन दिनुभएको हो । मन्त्री गुरुङले रेडियोमा रहेका सबल र सकारात्मक पक्षको पहिचान गरी प्राविधिक..

अव प्रेस पास र अनलाइन नविकरण जिल्ला हुलाक कार्यालयमार्फत पनि वितरण हुने

२४ मंसिर, काठमाण्डौँ । सूचना तथा प्रसारण बिभागबाट मात्र बितरण गरिदै आएको प्रेस प्रतिनिधी प्रमाणपत्र र अनलाइन नविकरण अव जिल्ला हुलाक कार्यालयमार्फत पनि वितरण गर्न सकिने भएको छ । २०७७ मङ्सिर २२ गते मन्त्रिस्तरीय निर्णय अनुसार सबै जिल्ला हुलाक कार्यालयहरुलाई अधिकार प्रत्यायोजन गरिएको संञ्चार तथा सूचना प्रविधी मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । यो सगैँ अव मोफसलमा बसेर पत्रकारीता गरिरहेकाहरुका लागि प्रेस पास नविकरण गर्न र अनलाईन नविकरण गर्न काठमाडौँसम्म..

लक्ष्मी पूजाका दिन भार प्रेषण केन्द्रमा ऊर्जामन्त्री पुन

२९ कार्तिक, इलाम । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन (अनन्त) आज नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) पुग्नुभएको छ । देशभरको विद्युत आपूर्तिको अवस्थाबारे निरीक्षण गर्न उहाँ विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुग्नुभएको हो । हिन्दुहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ । विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस् भन्ने आफ्नो चासो रहेको..

संञ्चार कानुनमा मर्यादित पत्रकारिताको बुँदा पनि थप्छुः संञ्चारमन्त्री गुरुङ

२५ कार्तिक, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गर्नुभएको छ । मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन कार्यक्रममा मन्त्री गुरुङले महासंघलाई सो आग्रह गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले भन्नुभयो–‘मर्यादित पत्रकारिताको अभियान..

ऊर्जामन्त्रीको निर्देशनः दशैँको बेला बत्ती ननिभोस्

७ कार्तिक, काठमाण्डौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । चाडपर्वका बेला अन्य समयभन्दा विद्युत् खपत बढ्ने भएकाले चनाखो भएर सेवा प्रवाह गर्न तथा विद्युत् प्रवाहमा अनियमित हुन नदिन मन्त्री पुनले निर्देशन दिनुभएको हो । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरी, सोही..

लकडाउनको समयमा पनि इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन निर्माण

६ कार्तिक, इलाम । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले लकडाउनको समयमा पनि ८० किलोमिटर विद्युत प्रशारण लाइन निर्माण गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७६÷०७७ मा ६० किलोमिटर लो–टेन्सन लाइन र २० किलोमिटर हाईटेन्सन लाईन विस्तार गरेको जनाएको छ । लो–टेन्सन लाइन विस्तारका लागि चार हजार विद्युतिय पोल गाडिएकोमा १२ सय पोलमा विद्युत चार्ज गरि उपभोक्ताका घरमा वितरण गरिसकिएको छ । त्यस्तै हाईटेन्सन लाइन विस्तारका लागि पाँच सय ५०..

कोरोना महामारीले अचाक्ली बढायो ल्यापटप–कम्युटरको मुल्य

६ कार्तिक, काठमाण्डौँ । अहिले कोरोना महामारीलाई देखाउँदै ल्यापटप तथा डेस्कटप कम्प्यूटरको मूल्य व्यवसायीहरुले ह्वात्तै बढाएका छन् । चैत्रमा ६० हजार रुपैयाँ पर्ने डेलको आइ फाइभ टेन जेनेरेसन ल्यापटप कम्प्यूटर अहिले ८५ हजार रुर्पौँयासम्म पर्न थालेको छ । ८ महिनामा त्यसको मूल्य लगभग २५ हजार रुपैयाँले बढिसेकेको छ । अनलाइन क्लासले ल्यापटपको माग बढाएको र स्टक समेत नरहने अवस्था आएकोले मूल्य बढेको व्यवसायीहरु बताउछन् । तर व्यवसायीनै पिच्छे कम्प्यूटरको मूल्य..

कार्तिक ७ गतेभित्र क्लिनफिड लागू गर्न संञ्चार मन्त्रालयको निर्देशन

२८ असोज, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन नियमन गर्ने ऐनले गरेको व्यव्स्था अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुले कार्तिक ७ गतेभित्र विज्ञापनरहित, क्लिनफिड प्रसारण गर्न गराउन सम्बन्धित संघ संस्थालाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव गोकर्णमणी दवाडीले आज एक विज्ञप्ति जारी गरी ऐन प्रारम्भ हुँदाको समयमा विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले ऐन प्रारम्भ भएको एक वर्षभित्र अर्थात कात्तिक ७ गतेभित्र विज्ञापनरहित..