इलाममा निर्माणधिन सुकिलुम्वा बिमानस्थल निर्माण कार्यले गति लियो

इलाममा निर्माणधिन सुकिलुम्वा बिमानस्थल निर्माण कार्यले गति लियो


२८ भाद्र, इलाम । लकडाउन खुलेसंगै इलामको फाल्गुनन्द सुकिलुम्वा बिमानस्थल निर्माण कार्यले गति लिएको छ ।

२०७५ जेष्ठ महिनामा तारा एयरको बिमान सफल रुपमा अवतरण गरेर प्राविधिक परिक्षण समेत सम्पन्न गरिसकिएको विमानस्थलको निर्माणकार्य कोरोना महामारीका कारण जारी लकडाउनले प्रभाववित बनेको थियो । अहिले भने स्तरोन्नति गरि धावनमार्ग कालोपत्रे गर्ने काम धमाधम सुरु भएको छ ।

पटक पटक गरी हालसम्म करिव २८ करोड रुपैयाँ खर्च भएको बिमानस्थलमा थप पुर्वाधार निर्माण शुरु भएको हो ।

साढे ९ करोड रुपँैयामा ठेक्का सम्झौता भएको विमानस्थलको धावन मार्गमा कालोपत्रे गर्ने काम २०७७ असोज सम्ममा सम्पन्न गर्ने निमार्ण ब्यबसायी सुर्य कार्कीले जानकारी दिनुभयो ।

इलाम नगरपालिका–९ गोलाखर्कमा २०६८ साल देखि निर्माण शुरु भएको फाल्गुन्नद सुकिलुम्बा विमानस्थलको यो वर्षः धावन मार्ग, ट्याक्सी वे, आसपाल कंक्रिट, मेशीनरी, ग्यावियन कटिङ्ग, फिलिङको काम धमाधम भइरहेको छ । पक्की ६७० मीटर लम्बाई र २० मिटर चौडाइ भएको रन वे निर्माण हुन लागेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर