सूचना प्रविधि

प्रेस युनियन सुनसरीद्धारा ‘फुड बैंक’ अभियान
८ भाद्र, सुनसरी । कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारकालागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा सुनसरीको आज बसेको बैठकले कोरोना महामारीको बेला विभिन्न सञ्चारमाध्यमहरुले श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण विदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, नियमित पारिश्रमिक नदिनेसँगै कतिपय सञ्चार गृह बन्द भएका र केही आंशिक रुपमा सञ्चालन भएकाले समस्यामा परेकालाई मध्यनजर राखेर ‘फुड बैंक’ अभियान सञ्चालन गर्ने..

प्रेस काउन्सिको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाईयो
२ भाद्र, काठमाण्डौँ । सरकारले प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । यस्तै डा.कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको स्रोतले बतायो । श्रेष्ठको काउन्सिलको सदस्य पद भने यथावत नै..

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
२३ श्रावण, सुनसरी । सुनसरीको धरान उपमानगरपालिकाका–१६ का एक व्यक्तिको मोवाइलमा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । हिजो (बिहिबार) आफ्नै घरमा मोवाइल चार्ज गर्न खोज्दा करेन्ट लगेर ६५ वर्षिय केशर बहादुर गुरूङको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । करेन्ट लागेर घाइते बनेका उनको वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय धरानले जनाएको छ ।

इलामका वीर बहादुर राई नेपाल सरकारको सचिव (विशिष्ट श्रेणी)मा बढुवा
२० श्रावण, इलाम । सरकारले सहसचिव वीर बहादुर राईलाई सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका सम्पन्न मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । सचिवमा बढुवा भएका राई इलामको माईजोगमाई गाउँपालिका २ का बासिन्दा हुन् । उनले आउदो भाद्र १५ गतेबाट उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । उनको सचिव कार्यकाल जम्मा २७ दिनको हुनेछ । बढुवा भएका राई..

सुनसरीका तीन सय बढी परीवारलाई निःशुल्क ‘विद्युत् मिटर’ वितरण
१९ श्रावण, सुनसरी । सुनसरीका विभिन्न स्थानिय तहहरुमा नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्रले आर्थिक वर्ष २०७६/०७७ मा ३ सय २९ जना गरीब तथा अति विपन्न परीवारलाई निःशुल्क विद्युत मिटर वितरण गरेको छ । नेपाल विधुत प्राधिकरण इनरुवाले गएको आर्थिक वर्षमा निवेदन दिएका ३ सय २९ जनालाई निःशुल्क मिटर वितरण गरेको जनाएको छ । आर्थिक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई सरकारले अनुदान स्वरुप गरीब तथा अति विपन्न परिवारलाई सहयोग हुने गरी..

इलामका कृयशिल पत्रकार तिमसिना सहित दुई खेलाडी सम्मानित
१० श्रावण, इलाम। सन्दकपुर गाउँपालिकाले पत्रकारिता तथा वृतचित्र निर्माण गरी प्रचारपसारमा महत्वपुर्ण योगदान दिएको भन्दै इलामका कृयशिल पत्रकार सुजन तिमसिनालाई सम्मान गरेको छ । नेपाल टेलिभिजनका इलाम सम्वाददाता समेत रहेका तिमसिनालाई निति कार्यक्रम तथा बजेट सार्वजनिक समारोहमा नगद १० हजार रुपँैया सहित सम्मान पत्रले सम्मान गरिएको हो । गत आर्थिक बर्ष २०७५/०७६ मा तिमसिनाको निर्देशनमा बनेको सन्दकपुर गाउँपालिकाको वृतचित्रले ‘विइ विल राइज फाउन्डेसन’को प्रतियोगितामा ‘मस्ट पोटेन्सियल डेस्टिनेशन अवार्ड’ पाउन सफल..

राष्ट्रपति भण्डारीद्धारा नेपाली मिडियाको प्रशंसा
९ श्रावण, काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बरिष्ठ पत्रकारहरूसँग भेटवार्ता गर्नुभएको छ । राष्ट्रियताको सवाल र कोरोना संक्रमण महामारीलगायत बाढि–पहिरोजस्ता राष्ट्रिय विपत्तिको विषयमा नेपालका मिडियाले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै उहाँले मिडियाको भूमिकाको प्रशंसा गर्नुभको छ । उहाँले राष्ट्रियताको सवालमा खासगरी लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्मिलित नयाँ नक्शा प्रकाशनको सवालमा नेपाली मिडियाले अभुतपूर्व योगदान पुर्याएको धारणा राख्नुभएको थियो । भेटमा राष्ट्रपति भण्डारीले मिडियाले खेलेको भूमिकाको बारेमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।..

नेपालमा आज भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
५ श्रावण, काठमाण्डौँ । हाल देशभर मनसुनी वायुको प्रभाव जारी छ । साथै मनसूनी न्युन चापीय रेखा नेपाल तिर सरेको अवस्था छ । देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश–५, सुदुरपश्चिम प्रदेश र..

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ल्यायो पहिलो पटक संचार मैत्री नीति
११ असार, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलो पटक संचार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । असार १० गते सार्वजनीक गरेको नीति तथा कार्यक्रममा सूचना र संचारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विभिन्न किसिमका संचार नीति ल्याएको छ । गाउँपालिकाको सातौँ गाउँ सभाको नीति तथा कार्यक्रममा पालिकाले खोटाङ जिल्लामा रहेर नियमित पत्रकारिता गरिरहेका ५५ बर्ष उमेर नाघेका पत्रकार वा पत्रकार..

पत्रकारहरुका लागि रोजगार मुलक कार्यक्रम ल्याउन प्रदेश र स्थानिय सरकारसंग फोनिजको माग
३२ जेष्ठ, विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिले प्रदेश र स्थानीय सरकारलाई पत्रकारहरुको लागि लेखन वृद्धि, अनुसन्धानलगायतका रोजगारमुलक कार्यक्रम ल्याउन अनुरोध गरेको छ । प्रदेश र स्थानीय तहहरुमा आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउन लागेको बेला फोनिजले सो आग्रह गरेको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो लिम्बूलाई फोनिज पदाधिकारी सदस्यको टोलिले मन्त्रालय..